विजयादशमीकाे टिकाकाे उत्तम साइत बुधबार बिहान १०:२६ बजे

काठमाडौं, कात्तिक ३ । बडादशैँको मुख्य दिन बुधबार विजयादशमी पर्व मनाइँदै छ। साे अवसरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ। नवरात्रका नौ दिनसम्म दशैँघर तथा शक्तिपीठमा पूजा–आराधना गरिएकी नवदुर्गाको विधिपूर्वक विसर्जन गरी आज मान्यजनबाट टीका र जमरा थाप्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बुधबार बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन र बिहान १० बजेर २६ मिनेटमा टीका लगाउन उत्तम साइत रहेको छ। समितिका अनुसार देवीको प्रसादका रूपमा मान्यजनबाट टीका ग्रहण गर्न विशेष साइत नै पर्खनुपर्ने बाध्यता छैन। परम्परालाई निरन्तरता दिन तथा साइतअनुसार टीका लगाउन चाहनेका लागि समितिले उत्तम समय निर्धारण गरेको हाे । समितिका अनुसार विजयादशमीका दिन चन्द्रमा कुम्भ राशिमा रहने भएकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम र टीका लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने हुन्छ। नेपालका विभिन्न स्थानमा विजयादशमीकै दिन मात्र टीका लगाउने चलन छ भने कतिपय ठाउँमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ। दशैँका अवसरमा घरमा बुबाआमा तथा परिवारका ज्येष्ठ सदस्यबाट टीका र जमरा थापेपछि मावली, ससुरालीलगायत आफन्तकहाँ गएर टीका लगाउने प्रचलन छ। विजयादशमीलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा लिइन्छ। यस पर्वले पारिवारिक मिलन, आपसी सद्भाव र सामाजिक एकतालाई थप बलियो बनाउने विश्वास गरिन्छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो खड्ग जात्रा
महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ । आसुरी प्रवृत्तिको प्रतीकमाथि सत्यको विजय भएको सम्झनामा प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा मनाउने परम्परा रहिआएको छ । मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार नवमीको दिन बिहान ५ः०० बजे पाटन मङ्गलबजारको मूलचोकबाट खड्ग लिएर महालक्ष्मी मन्दिरमा आएर पूजा सुरु भएको थियो । ‘पाटन दरबार ...

प्राचीन कला र सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले लगानी गर्छ : मुख्यमन्त्री थापा मगर
भक्तपुर, कात्तिक ३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भक्तपुरको नंखेल क्षेत्रको ऐतिहासिक सम्पदा, मौलिकता र प्राचीनताको संरक्षण गर्दै पर्यटकीय नगरीका रूपमा विकास गर्न प्रदेश सरकारले बजेट लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले नंखेलको पुरानो बस्ती, परम्परागत घर, कला, संस्कार र संस्कृतिको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको हो।उहाँले नंखेललाई ऐतिहासिक सम्पदाका रूपमा विकास गर्दै स्थानीय उत्पादन ...

द्रव्य शाहको यात्रा : विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म
विजयादशमी पर्वसँग जोडिएको गोरखाको लिगलिगकोटको दौड परम्परा नेपालको इतिहासमा चर्चित छ । प्रचलित जनश्रुतिअनुसार दसैँका बेला आयोजना हुने दौडमा प्रथम हुने व्यक्ति राजा बन्ने परम्परा थियो । यही ऐतिहासिक प्रसङ्गसँग जोडिएका लमजुङका राजकुमार द्रव्य शाहले पछि गोरखामा छुट्टै राज्य स्थापना गरेका थिए । द्रव्य शाहको यात्रा दौड जितेर राजा बनेको कथामा मात्र सीमित छैन । लमजुङको राजपरिवारमा जन्मिएका उनी राइनासकोटमा पूर्वी ...


