काठमाडौं, कात्तिक २० । जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व प्रदेश कमिटी सदस्य एवं महोत्तरीको मटिहानी नगरपालिकामा मेयरका प्रत्यासी मुजिम राइन नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राइनलाई पार्टीमा स्वागत गर्दै सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गर्नुभएको छ। राइन जसपा नेपालबाट मटिहानी नगरपालिकाको मेयर पदका प्रत्यासीसमेत रहनुभएको थियो। उहाँको एमाले प्रवेशलाई महोत्तरीको स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ
जसपाका पूर्व प्रदेश कमिटी सदस्य मुजिम राइन एमालेमा प्रवेश

Read Complete Original Article
Published originally on जनताटाइम्स






