Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि काठमाडौं महानगरको सातबुँदे जलवायु घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि काठमाडौं महानगरको सातबुँदे जलवायु घोषणा
Photo / Coverage: नेपालन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु न्याय, समावेशी विकास तथा उत्थानशील सहर निर्माणलाई प्राथमिकता दिँदै सातबुँदे ‘काठमाडौं जलवायु घोषणा २०८३’ सार्वजनिक गरेको छ । काठमाडौं जलवायु कार्य सप्ताह २०८३ को समापन समारोहमा आइतबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त घोषणा सार्वजनिक गरेकी हुन् । मंसिर ७ देखि १३ गतेसम्म सञ्चालन भएको जलवायु कार्य सप्ताहका क्रममा प्राप्त ज्ञान, अनुभव, सुझाव तथा सिकाइलाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले घोषणा जारी गरिएको डंगोलले बताइन् । घोषणाले जलवायु परिवर्तनका कारण बढ्दै गएका बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट, वायु प्रदूषण तथा प्राकृतिक र सांस्कृतिक सम्पदामाथिको जोखिम न्यूनीकरण गर्न सामूहिक प्रयास र सहकार्यलाई जोड दिएको छ । महानगरपालिकाले जलवायु परिवर्तनसम्बन्धी विषयलाई विद्यालय तहको स्थानीय पाठ्यक्रममा समावेश गर्ने तथा बालबालिका र युवालाई नीति निर्माण, निर्णय प्रक्रिया र जलवायु समाधानका गतिविधिमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ । साथै, स्थानीय तथा रैथाने ज्ञान, सीप र वैज्ञानिक अनुसन्धानलाई विकास आयोजनासँग जोड्दै प्रकृतिमा आधारित समाधानलाई प्राथमिकता दिने घोषणा गरेको छ । काठमाडौं उपत्यकालाई जलवायु उत्थानशील सहरका रूपमा विकास गर्न वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन, आकाशे पानी संकलन तथा पुनर्भरण, नदी र खोलाको पुनर्जीवन, हरित क्षेत्र विस्तार, हिटी, पोखरी तथा राजकुलो संरक्षण र विद्युतीय सार्वजनिक यातायातको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी, स्वच्छ ऊर्जाको प्रयोग, ऊर्जा दक्षता अभिवृद्धि, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण तथा पानीको मितव्ययी उपयोगलाई नागरिकको दैनिक जीवनसँग जोड्ने प्रतिबद्धता पनि घोषणामा समेटिएको छ । जलवायु न्यायको अवधारणालाई केन्द्रमा राख्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय तथा अनौपचारिक बस्तीका बासिन्दालाई विशेष प्राथमिकता दिने उल्लेख गरिएको छ । महानगरपालिकाले जलवायु सुरक्षा कुनै सुविधा नभई प्रत्येक नागरिकको अधिकार भएको मान्यतालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । घोषणामा प्रतिबद्धता सार्वजनिक गर्नुमा मात्र सीमित नभई त्यसको प्रभावकारी कार्यान्वयन र परिणाम हासिल गर्न जोड दिइएको छ । यसका लागि स्पष्ट कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ । यसका अतिरिक्त स्थानीय, प्रदेश र संघीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र तथा अनुसन्धान संस्थाबीच सहकार्यको संयन्त्र विकास गरिने भएको छ । जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्दै काठमाडौंलाई जलवायु जोखिमसँग जुध्न सक्ने समावेशी र दिगो सहरका रूपमा विकास गर्ने महानगरको लक्ष्य रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कमसल मदिरा नै मृत्युको प्रमुख कारक
Latest NewsJust now

कमसल मदिरा नै मृत्युको प्रमुख कारक

तिलाचन पाण्डेगुल्मी, मङ्सिर १३ गते । इस्मा गाउँपालिका वडा नम्वर दुईका ७१ वर्षीय लालबहादुर कुमार शुक्रबार दिउँसो तम्घासको एक होटलमा बास बस्नुभयो ।रेसुङगा नगरपालिका वडा नम्बर २ उदिनढ... ...

गोरखापत्र
म अझै पनि कांग्रेस सभापति हुँ: शेरबहादुर देउवा
Latest NewsJust now

म अझै पनि कांग्रेस सभापति हुँ: शेरबहादुर देउवा

सुर्खेत। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नै पार्टीको वैधानिक सभापति रहेको दाबी गरेका छन्। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै देउवाले आफूले राजीनामा नदिएको र विधानबमोजिम दुईतिहाइ बहुमतबाट पनि नहटाइएकाले आफू नै आधिकारिक सभापति रहेको जिकिर गरे। पार्टीको आधिकारिकतासम्बन्धी विवाद हाल अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै देउवाले न्यायालयले आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरे। उनले भने, ‘जस्तोसुकै ...

नेपालन्युज
पहाडका सडक बसाइँसराइको माध्यम बन्नुहुँदैनः मुख्यमन्त्री कार्की
Latest NewsJust now

पहाडका सडक बसाइँसराइको माध्यम बन्नुहुँदैनः मुख्यमन्त्री कार्की

पाँचथर, मङ्सिर १३ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडमा निर्माण भएका सडक बसाइँसराइको माध्यम बन्न नहुने बताउनुभएको छ ।कालोपत्र सडक बनेपछि पनि बसाइँ सर्नेक्रम... ...

गोरखापत्र
अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द
Latest NewsJust now

अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द

नियामक निकायले बैंकका निक्षेपकर्ताको रकम सुरक्षित रहेको जनाएको छ। अमेरिकी निक्षेप बीमा व्यवस्थाअनुसार प्रतिखातावालाको २ लाख ५० हजार डलरसम्मको निक्षेप बीमित हुन्छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement