जमिनमुनिको डिजेल ट्यांकी पड्किँदा आगलागी, १ घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा डिजेल ट्यांकी पड्किएर आगलागी हुँदा एकजना घाइते भएका छन्। जमिनमुनि राखेको ट्याङ्कीबाट टिफरमा डिजेल लोड गर्ने क्रममा ट्याङ्की अचानक पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ। आइतबार राति साँझ साढे बजेतिर कम्पनी परिसरमा जमिनमुनि राखेको ट्याङ्कीमा भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर लाइट डिजेल प्रदेश १–०१–००१ क १८०० नम्बरको टिफरमा लोड गर्ने क्रममा ट्याङ्की अचानक पड्किएर आगलागी भएको हो। आगलागीको रापले टिफर चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ बस्ने ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बिस्फोटबाट टिफरमा सामान्य क्षति पुगेको छ भने ट्याङ्कीमा भण्डारण गरिएको डिजेल पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक महेन्द्र पराजुलीको कमाण्डमा प्रहरी टोली खटिएका थियो। शिवसताक्षी नगरपालिकाको दमकल र कम्पनीका कर्मचारीको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८०... ...

दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर
काठमाडौं । खोटाङमा दशैंको टीका थाप्न गएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनालाई घाइते बनाएका छन् । धारिलो हतियार प्रहार गर्ने अरु कोही नभएर ज्वाइँ हुन् । र, ती व्यक्ति हुन् ४३ वर्षीय नइन्द्रकुमार राई ।हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा यो घटना भएको हो । ज्वाईंको आक्रमणबाट घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया […] ...

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
• इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको छ। • दुर्घटना आइतबार बिहान करिब ६ः३० बजे भएको र गाडी सडकबाट करिब दुई मिटर तल खसेको छ। • प्रहरीले घटनास्थलमा पुगेर जाँचबुझ गरिरहेको छ र थप अनुसन्धान भइरहेको छ। ...

लिमीमा पुगेन अनुदानको खाद्यान्न
हुम्ला समाचारदाताहुम्ला, कात्तिक ९ गते । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन बस्तीमा खाद्यान्न अभाव भएको छ । लिमीका तिल, हल्जी र जाङ बस्तीका स्थानीयले एक वर... ...


