जनकपुर बोल्ट्सको बैंकिङ साझेदारमा मुक्तिनाथ

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्यका लागि सम्झौता गरेको छ । एनपिएल क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ । एनपिएलको पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्स नेपाली क्रिकेटमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्ने सफल टोली हो । पहिलो संस्करणको च्याम्पियनका रूपमा प्राप्त सफलताले टोलीलाई नेपाली क्रिकेटप्रेमीमाझ लोकप्रिय बनाउनुका साथै मधेस प्रदेशको खेलकुद पहिचानलाई समेत थप उजागर गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार सहकार्यमार्फत् मुक्तिनाथ विकास बैंकले जर्सीमा आफ्नो लोगोमात्र राखेको छैन, नेपालमा क्रिकेटमार्फत् समुदायसँग जोडिने, स्थानीय प्रतिभा प्रोत्साहन गर्ने तथा युवा सशक्तीकरणका लागि बैंकले पूर्ण सहयोगको प्रतिबद्घता व्यक्त गरेको छ । नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा जनकपुर बोल्ट्सले उत्कृष्टता हासिल गर्ने लक्ष्य राख्दै गर्दा सहकार्य गर्न पाउँदा गर्व महसुस गरेको बैंकले जनाएको छ । त्यसैगरी, जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले भन्नुभयो, ‘मुक्तिनाथ विकास बैंकजस्तो समुदायसँग गहिरो सम्बन्ध भएको संस्थालाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउँदा हामी अत्यन्त खुसी छौं । जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने बैंकको सोच र मधेसका जनतासँग जोडिने जनकपुर बोल्ट्सको यात्रा एउटै दिशामा अघि बढेका छन्, एनपिएलको पहिलो संस्करणको विजेता टोलीका रूपमा यस सिजन फेरि उपाधि जनकपुर फर्काउने हाम्रो लक्ष्य छ ।’ नेपाली बैंकिङ क्षेत्रमा ग्राहक केन्द्रित सेवा, नवीनता तथा वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंकले उक्त साझेदारीलाई खेलकुदमार्फत् समुदायसँग जोडिने र नेपाली क्रिकेटको विकासमा सहयोग पुर्याउने अवसरका रूपमा लिएको छ । मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय तथा सरोकारवालाहरूसँगको सम्बन्ध थप मजबुत बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे
मुस्ताङ। हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दशैंपछि भक्तजनको संख्या बढेको छ । दशैं अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबारदेखि शनिबारसम्म १२ हजार १३० जना भक्तजनले मुक्तिनाथको दर्शन गरेका छन् । प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दशैंको भोलिपल्ट तीन हजार ...
.jpg)
दशैँको बिदा सकिएसँगै काठमाडौँ फर्कने सर्वसाधारणको चाप
दशैँको टीका, जमरा र पारिवारिक भेटघाट सकिएपछि आफ्नो नियमित कर्मथलोमा फर्किरहेका छन्। ...

एल क्लासिकोमा रियल विजयी
एमबापेले ४१ र ८७औँ मिनेटमा गोल गरेपछि रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी तीन अंकमा घटाएको छ। ...

कस्तो छ आजको मौसम ?
काठमाडौं । देशका धेरै भूभागमा आज मौसम सामान्यतया सफा रहनेछ । केही भूभागमा बादल लाग्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार लिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने ...


