दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ। हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दशैंपछि भक्तजनको संख्या बढेको छ । दशैं अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बिहीबारदेखि शनिबारसम्म १२ हजार १३० जना भक्तजनले मुक्तिनाथको दर्शन गरेका छन् । प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दशैंको भोलिपल्ट तीन हजार ३३, शुक्रबार चार हजार ८१३ र शनिबार चार हजार २८४ जनाले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् । गत ११ असोजको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी—जोमसोम सडक ध्वंस्त हुँदा दुई सातासम्म पूर्ण रुपमा सडक अवरुद्ध बनेको थियो । बर्सेनि सोह्र श्राद्धका बेला हजारौ तीर्थालुहरु मुस्ताङ आउने गरेका भएपनि यसपटक सडक असहजताका कारण पर्यटक उपस्थिती हुन सकेको थिएन । मुक्तिनाथमा दर्शनार्थीको संख्या बढेसंगै बेनी-जोमसोम सडकमार्गका होटलहरु पर्यटकले भरिन थालेका छन् । यसैगरी मुस्ताङमा पर्यटक आगमन बढेसँगै यहाँका स्याउ, स्याउबाट बनेका ब्रान्डी र वायनलगायतका कृषि उपजका सामग्रीको किनमेल पनि बढेको छ । तनहुँबाट मुक्तिनाथ दर्शन गर्न आउनुभएका सुजन थापामगरले चाडपर्वको बिदालाई सदुपयोग गर्दै मुक्तिनाथको दर्शन गर्न आइपुगेको बताए । ललितपूरका रत्नबहादुर महर्जन पनि आफूसहित सात जनाको टोली मुक्तिनाथको दर्शन र कोरलानाका घुम्न आएको बताए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

जलविज्ञान र मौसम विभाग क्रियाशील
काठमाडौँ, कात्तिक ९ गते । एकीकृत रूपमा सञ्चालनमा रहेको जल तथा मौसम विज्ञान विभाग अहिले टुक्रिएर दुई छुट्टै निकायका रूपमा अगाडि बढ्ने भएका छन् । सरकारले नेपाल–भारत–चीन समावेश त्रिदे... ...

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने
• नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। • उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। • प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नेछन् र तयारी लगभग पूरा भएको छ। ...

बालोन डी’ओर २०२६ : सबैभन्दा कम उमेरमा उपाधि जित्ने लक्ष्यमा लामिन यमाल
काठमाडौँ । स्पेन तथा बार्सिलोनाका युवा फुटबल स्टार लामिन यमालले फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर २०२६ जित्दै सबैभन्दा कम उमेरमा उपाधि हासिल गर्ने कीर्तिमान बनाउने लक्ष्य राखेका छन् ।... ...

कस्तो छ सोमबारको दिन तपाईको ?
२०८३ कात्तिक ९ गते सोमबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ ...


