कस्तो छ आजको मौसम ?

काठमाडौं । देशका धेरै भूभागमा आज मौसम सामान्यतया सफा रहनेछ । केही भूभागमा बादल लाग्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार लिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । देशको तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । यसैबीच, केही मौसमविद्ले भने आउँदो शनिबार (कात्तिक १४)सम्मको मौसमी विश्लेषण सार्वजनिक गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले आउँदो बिहीबारदेखि शनिबारसम्म लुम्बिनीदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने जनाएका छन् । “आगामी बिहीबारदेखि देशभर वर्षा हुने पूर्वानुमान कायमै छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “बिहीबारदेखि शनिबारसम्म लुम्बिनी प्रदेशदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ ।” हालको पूर्वानुमानानुसार २९ जिल्ला वर्षाजन्य जोखिममा पर्न सक्ने उनले उल्लेख गरेका छन् । “यद्यपि, भारी वर्षा हुने स्थान, समय र वर्षाको मात्रा अझै परिवर्तन हुन सक्छ,” उनले भनेका छन्, “किसान, हिमाली क्षेत्रका बासिन्दा तथा पदयात्रीहरूले विशेष सावधानी अपनाउनुहोला ।” यस मौसमी प्रणालीबारे उनले केही दिनअघिदेखि जानकारी गराउँदै आएका छन् । विशेष गरी धानबालीसँग सम्बन्धित किसान, हिमाली क्षेत्रका बासिन्दा र पदयात्रीले सावधानी अपनाउनुपर्नेमा उनले जोड दिँदै आएका छन् । बंगालको खाडीमा विकसित उक्त न्यूनचापीय क्षेत्र आज गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुन सक्छ । त्यसपछि आज बिहानसम्म चक्रवात बन्न सक्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ । त्यसपछि त्यो प्रणाली अझ शक्तिशाली बन्दै अघि बढ्ने र भारतको उत्तरी आन्ध्र प्रदेश तथा त्यससँग जोडिएको दक्षिण ओडिसाको तटीय क्षेत्रमा अगाडि लाग्ने सम्भावना रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ । त्यो प्रणाली त्यहाँबाट अगाडि बढ्दै भारतको बिहार हुँदै नेपालसम्म असर पर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जनाएका छन् । “भारतको उडिसा (ओडिसा)–बिहार हुँदै नेपालतिर आउने र भारी हिमपात अनि पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा हुने देखिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “उच्च हिमाली क्षेत्रको पदयात्रा पनि माथि उल्लेख गरिएका दिनमा नगर्नु र नगराउनु उत्तम हुनेछ ।”
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जलविज्ञान र मौसम विभाग क्रियाशील
काठमाडौँ, कात्तिक ९ गते । एकीकृत रूपमा सञ्चालनमा रहेको जल तथा मौसम विज्ञान विभाग अहिले टुक्रिएर दुई छुट्टै निकायका रूपमा अगाडि बढ्ने भएका छन् । सरकारले नेपाल–भारत–चीन समावेश त्रिदे... ...

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने
• नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। • उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। • प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नेछन् र तयारी लगभग पूरा भएको छ। ...

बालोन डी’ओर २०२६ : सबैभन्दा कम उमेरमा उपाधि जित्ने लक्ष्यमा लामिन यमाल
काठमाडौँ । स्पेन तथा बार्सिलोनाका युवा फुटबल स्टार लामिन यमालले फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर २०२६ जित्दै सबैभन्दा कम उमेरमा उपाधि हासिल गर्ने कीर्तिमान बनाउने लक्ष्य राखेका छन् ।... ...

कस्तो छ सोमबारको दिन तपाईको ?
२०८३ कात्तिक ९ गते सोमबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ ...


