Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जनकपुर बोल्ट्सका विकेट र छक्काले छात्राको शिक्षाका लागि जुट्यो २८ हजार

जनकपुर बोल्ट्सका विकेट र छक्काले छात्राको शिक्षाका लागि जुट्यो २८ हजार

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुर बोल्ट्सका विकेट र छक्काले छात्राको शिक्षाका लागि जुट्यो २८ हजार

काठमाडौं । क्रिकेटको मैदानमा प्राप्त हुने उपलब्धिलाई छात्राहरूको शैक्षिक भविष्यसँग जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘सिक्सेस फर हर फ्युचर’ अभियानले जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार रुपैयाँ संकलन गरेको छ। जनकपुर बोल्ट्सकी युवा एम्बेसडर डा. सरीषा श्रेष्ठको नेतृत्वमा अघि बढाइएको यस अभियानमा आर्क्स ग्रुप सहयोगी प्रायोजकका रूपमा जोडिएको छ। आर्क्स ग्रुपको तर्फबाट अभियानका लागि प्रारम्भिक १ लाख ५० हजार रुपैयाँको शैक्षिक सहयोग कोष स्थापना गरिएको हो। अभियानअन्तर्गत जनकपुर बोल्ट्सले सहमतिमा तोकिएका नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा लिने प्रत्येक विकेट र प्रहार गर्ने प्रत्येक छक्कालाई छात्राहरूको शिक्षाका लागि आर्थिक सहयोगसँग जोडिएको छ। निर्धारित व्यवस्थाअनुसार प्रत्येक विकेट र प्रत्येक छक्काबापत २ हजार रुपैयाँ योगदान गरिनेछ। जनकपुर बोल्ट्सको पहिलो खेलमा टोलीले ९ विकेट लिनुका साथै ५ छक्का प्रहार गरेको थियो। यस प्रदर्शनका आधारमा विकेटबाट १८ हजार रुपैयाँ र छक्काबाट १० हजार रुपैयाँ गरी कुल २८ हजार रुपैयाँ अभियानका लागि संकलन भएको हो। क्रिकेटको प्रदर्शनलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने पहल ‘हरेक छक्काले उनको भविष्यलाई अगाडि बढाउँछ’ भन्ने सन्देश बोकेको ‘सिक्सेस फर हर फ्युचर’’ अभियानले मधेश प्रदेशका आर्थिक रूपमा विपन्न छात्राहरूलाई शिक्षामा पहुँच र निरन्तरता कायम राख्न सहयोग गर्ने लक्ष्य राखेको छ। अभियानमार्फत कम्तीमा १० जना मधेशी छात्रालाई शैक्षिक सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ। संकलित रकमबाट विद्यालय पोसाक, पुस्तक तथा शैक्षिक सामग्री, परीक्षा शुल्क, यातायात खर्चलगायत विद्यालय शिक्षालाई निरन्तरता दिन आवश्यक खर्चमा सहयोग गरिनेछ। लाभग्राही छात्राहरूको छनोट उनीहरूको आर्थिक अवस्था र विद्यालय छाड्नुपर्ने जोखिमलाई प्राथमिकता दिएर गरिनेछ। स्थानीय विद्यालय वा शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थासँगको सहकार्यमा छात्राहरूको आवश्यकता पहिचान, सहयोग वितरण र शैक्षिक निरन्तरताको अनुगमन गर्ने योजना रहेको छ। यस अभियानले खेलकुदलाई प्रतियोगिता र मनोरञ्जनमा मात्र सीमित नराखी शिक्षा तथा सामाजिक विकाससँग जोड्ने प्रयास गरेको छ। जनकपुर बोल्ट्सको मैदानभित्रको प्रदर्शनबाट संकलित रकमले मधेशका छात्राहरूको शिक्षामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। प्रारम्भिक १ लाख ५० हजार रुपैयाँको कोष र खेलमा आधारित थप योगदानमार्फत अभियानले छात्राहरूको शैक्षिक भविष्यमा लगानी गर्ने लक्ष्य लिएको छ। जनकपुर बोल्ट्सका आगामी खेलमा टोलीले गर्ने प्रदर्शनसँगै अभियानमा थप रकम संकलन हुने अपेक्षा गरिएको छ। ‘सिक्सेस फर हर फ्युचर’’ मार्फत क्रिकेटको हरेक छक्का र विकेटलाई मैदानको उपलब्धिमा मात्र सीमित नराखी छात्राहरूको भविष्य निर्माणमा योगदान पुर्‍याउने माध्यमका रूपमा अघि बढाइएको छ। The post जनकपुर बोल्ट्सका विकेट र छक्काले छात्राको शिक्षाका लागि जुट्यो २८ हजार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

देउवा समूहले महाधिवेशनका लागि बुक गर्‍यो खुलामञ्च
ताजा खबरJust now

देउवा समूहले महाधिवेशनका लागि बुक गर्‍यो खुलामञ्च

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। देउवा समूहले २१ देखि २३ मंसिरसम्मका लागि तय गरेको महाधिवेशनका लागि खुलामञ्च बुक गरेको हो। देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए। उनका अनुसार महाधिवेशनका लागि खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरिएको छ। महाधिवेशनको ...

केन्द्रबिन्दु
सर्वोच्चको फूलकोर्ट बैठकः बिचौलियासँग न्यायाधीशको उठबसबारे छलफल, सोमबार फेरी बस्ने
ताजा खबरJust now

सर्वोच्चको फूलकोर्ट बैठकः बिचौलियासँग न्यायाधीशको उठबसबारे छलफल, सोमबार फेरी बस्ने

• सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया इनम सापकोटासँगको भेटघाट र न्यायाधीशहरूको संलग्नता बारे फुलकोर्ट बैठकमा छलफल गरेका छन्। • न्यायाधीशहरूले सापकोटासँगको सम्बन्ध र छानबिन समिति गठनको विषयमा गम्भीरता व्यक्त गरेका छन्। • बैठकमा दुई न्यायाधीश अनुपस्थित थिए र सोमबार पुनः विस्तृत बैठक डाक्ने सल्लाह गरिएको छ। ...

नेपालबहस
नेपाल नेत्रज्योति संघद्वारा विपद् प्रभावितलाई थप १६ लाख सहयोग
ताजा खबरJust now

नेपाल नेत्रज्योति संघद्वारा विपद् प्रभावितलाई थप १६ लाख सहयोग

नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप रु १६ लाख ३३ हजार एक सहयोग गरेको छ। सङ्घले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। सहयोग रकममध्ये सङ्घको तर्फबाट रु एक लाख आठ हजार ४०१ र अन्तरराष्ट्रिय साझेदार संस्था अर्बिस इन्टरनेसनलबाट रु १५ लाख २४ हजार ६०० प्राप्त भएको हो। ... ...

नेपालखबर
कर प्रणालीमा एकरुपता कायम गरी स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्छः सांसदहरू
ताजा खबरJust now

कर प्रणालीमा एकरुपता कायम गरी स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्छः सांसदहरू

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले स्थानीय तहअनुसार फरक–फरक रहेको कर प्रणालीलाई एकरूप बनाउन तथा उद्योगी व्यवसायीले कर चुक्ताका लागि विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो ध्यानाकर्षण गराएका हुन् । स्थानीय तहअनुसार कर प्रणालीमा देखिएका असमानता हटाउन र उद्योगमैत्री वातावरण निर्माणमा सरकार गम्भीर ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play