काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सका ओपनर ब्याटर लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन्। टस हारेर पहिले ब्याटिङ गरिरहेको विराटनगरका लागि १७.३ ओभरको समाप्तिमा टिमको स्कोर २ विकेटको क्षतिमा १४५ रन पुगेको छ। लोकेश बमले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाएर अविजित रहेका छन्। यसअघि ५६ रन बनाएर आउट भएका इमरान शेखको स्थानमा क्रिजमा आएका रसेलले पनि उत्कृष्ट ब्याटिङ गर्दै १९ बलमा २ चौका र ३ छक्कासहित ३२ रन बनाएर लोकेशलाई साथ दिइरहेका छन्।
जनकपुरविरुद्ध लोकेश बमको पनि अर्धशतक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






