जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८१९ वटा बोकाको बलि प्रदान भएको छ । हिजो (आईतबार) राती पौने ९ बजेदेखि सुरु भएको बलिप्रदान कार्यक्रम विहान ४ बजेसम्म चलेको थियो । बलि प्रदानका निम्ति ४ वटा ठेहा –बलि दिने स्थान) को व्यवस्था गरिएको थियो । श्रद्धालुभक्तजनको सुविधाका निम्त मन्दिरको पूर्व, पश्चिम र दक्षिण गरी तीन स्थानबाट बोकाको लाईन व्यवस्थापन गरिएको थियो । बलि प्रदान अघि निस्सा पूजा गरिएको थियो भने नेपाली सेनाले सलामी समेत दिएको थियो । यस वर्ष बोका बलिका लागि टिकट शुल्क ३०० रुपैयाँ प्रति टिकट रहेको थियो । गत वर्ष १४ हजार ९०३ वटा बोकाको बलि प्रदान भएको थियो । त्यस अघि २०८१ सालमा १५ हजार ४ वटा बोकाको बलि प्रदान भएको थियो । मन्दिर व्यवस्थापक महावीर युवा कमिटिले प्रत्येक वर्ष दशैंको व्यवस्थापन गर्दै आएको छ । कमिटिका अनुसार गत वर्षको तुलनामा यस वर्ष श्रद्धालु भक्तजनको भीड उल्लेखनीय रहेको थियो । प्रसाद चढाउन र बोका बलिका निम्त धनुषाबाहेक सिरहा, सप्तरी, महोत्तरी, भारतीय सीमा क्षेत्र विहारका विभिन्न जिल्लाबाट समेत भाकल पूरा भएकाहरुको उपस्थित रहेको थियो ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पश्चिम एसिया तनावबीच कतारद्वारा नयाँ क्षेत्रीय रक्षा साझेदारीको घोषणा गर्ने तयारी
२ असोज, काठमाडौं । कतारले आफ्नो सैन्य क्षमता सुदृढ गर्ने उद्देश्यले चाँडै नै एउटा नयाँ क्षेत्रीय रक्षा साझेदारीको घोषणा गर्ने तयारी गरेको छ। कतारका उपप्रधानमन्त्री तथा रक्षा राज्यमन्त्री शेख साउद बिन अब्दुलरहमान अलथानीले दोहामा आयोजित ग्लोबल सेक्युरिटी फोरममा यसबारे जानकारी दिएका हुन्। उनका अनुसार, कतारले भर्खरै आफ्नो रक्षा क्षमताको समीक्षा गर्दै वायु रक्षा, एन्टी-ड्रोन प्रविधि,… ...

कञ्चनपुरमा दिसाबाट निकालियो हेरोइन, एक जना पक्राउ
२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा निलेर पेटभित्र लागूऔषध लुकाएका एक जनाको दिसाबाट १० ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरी छन् । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार लागूऔषध सेवन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा चौधरीलाई… ...

आरुघाटस्थित बूढीगण्डकीमा सञ्चालनमा आयो बेलीब्रिज
२ कात्तिक, काठमाडौं । गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले सोमबार नै पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ । नेपाली सेना र सडक विभागको सहकार्यमा पुल निर्माण भएपछि बाढीका कारण प्रभावित बनेको आवतजावत सहज भएको छ। २७.४३ मिटर लम्बाइको उक्त बेलीब्रिजको अधिकतम भारवहन क्षमता २५ टन रहेको… ...

जुम्लामा पाइप बम विस्फोट, २ जना घाइते
जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एकजना सामान्य घाइते भएका छन् । हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट भएको हो । विस्फोटमा परी स्थानीय बल रोकाया गम्भीर घाईते भएका छन् ...


