Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

जति तर्साए पनि नागरिकका मुद्दा उठाउन र सरकारलाई प्रश्न गर्न छाडिन्न : सभापति गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जति तर्साए पनि नागरिकका मुद्दा उठाउन र सरकारलाई प्रश्न गर्न छाडिन्न : सभापति गगन थापा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जस्तोसुकै दबाब, घेराबन्दी र षड्यन्त्रको सामना गर्नुपरे पनि नागरिकका मुद्दा उठाउन र सरकारलाई प्रश्न गर्न नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ, ‘जति तर्साए पनि नागरिकको मुद्दा बोकेर सरकारलाई प्रश्न गर्न नछाडेपछि घेराबन्दी र षड्यन्त्र हुँदैन त ?’ खुलामञ्चबाट नागरिकका पक्षमा प्रश्न उठाउँदा आक्रमण सुरु भएको र पार्टी केन्द्रीय कार्यालयबाट प्रतिपक्षको निगरानी तथा सरकारको जवाफदेहिताका विषयमा सशक्त प्रश्न राख्दा पनि घेराबन्दीको सामना गर्नुपरेको उहाँको भनाइ छ। ‘खुलामञ्चबाट प्रश्न गर्दा आक्रमण प्रारम्भ भयो र पार्टी केन्द्रिय कार्यालयबाट प्रतिपक्षको निगरानीका सन्दर्भमा नागरिकको शसक्त प्रश्न राख्दा, षडयन्त्रको सिकार हुन पर्यो’, उहाँले लेख्नु भएकाे छ । तर यस्ता दबाब र चुनौतीले आफ्नो अडान कमजोर नबनाउने स्पष्ट पार्दै सभापति थापाले भन्नुभएको छ, ‘यस पटक पनि मैले सजिलो होइन, सही बाटो रोजेँ। जनताको प्रश्न गर्न छाडिनँ।’ नागरिकका आवाज उठाउनु र सरकारलाई जवाफदेही बनाउन प्रश्न गर्नु आफ्नो राजनीतिक दायित्व भएको सन्देश दिँदै उहाँले कुनै पनि दबाबका कारण जनताको पक्षमा बोल्न पछि नहट्ने दृढता व्यक्त गर्नुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगन्ज कारागारबाट फरार
PoliticsJust now

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगन्ज कारागारबाट फरार

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पर्साको पोखरिया नगरपालिका–स्थित सतवरियाका सुनिल साह वीरगन्ज कारागारबाट फरार भएका छन् ।  पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय पाएका साह बिहीबार बिहान कारागारको पर्खाल नाघेर फरार भएका हुन् । उनको कैद भुक्तान गर्न अब दुई वर्ष मात्रै बाँकी रहेको थियो ।  जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब ...

फरकधार
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर टोपबहादुर रायमाझी रिहा
PoliticsJust now

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर टोपबहादुर रायमाझी रिहा

पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका रायमाझी जेष्ठ नागरिकको सुविधामा जेलमुक्त भएका हुन्। उनलाई श्रीमतीको जिम्मामा रिहा गरिएको कारागार स्रोतले जानकारी दिएको छ। ‘उहाँलाई श्रीमती र परिवारका केही सदस्यको जिम्मा लगाइएको छ,’ स्रोतले भन्यो,’ आज बिहान उहाँ यहाँबाट जानु भयो।’ उनी ६५ वर्ष पूरा भएका छन्। आफू ...

फरकधार
भारतका पूर्वराजदूत रे नेपालमा, राजनीतिक भेटघाटमा सक्रिय
PoliticsJust now

भारतका पूर्वराजदूत रे नेपालमा, राजनीतिक भेटघाटमा सक्रिय

काठमाण्डु – नेपालका लागि भारतका पूर्वराजदूत रन्जित रे नेपालमा राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । गत बिहीबार इन्डिगो एयरलाइन्सको नियमित उडानबाट दिल्लीहुँदै काठमाण्डु आएका पूर्वराजदूत रे राजनीतिक भेघाटमा सक्रिय भएका हुन् । काठमाण्डुमा .उनी .लाजिम्पाटस्थित र्‍याडिसन होटलमा बसेका छन् र विभिन्न व्यक्तित्वसँग भेटघाट गरेका छन्। नेपाल आए लगत्तै सोही दिन उनले डेनमार्कका लागि नेपालका पूर्वराजदूत […] ...

काठमाण्डुपाटी
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त
PoliticsJust now

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त

काठमाडौं, कात्तिक २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाका आधारमा जेलमुक्त हुनुभएको छ। ६५ वर्ष उमेर पूरा भएपछि कानुनअनुसार प्राप्त हुने कैद छुट सुविधाका आधारमा रायमाझी बिहीबार बिहान ७ बजे डिल्लीबजार कारागारबाट रिहा हुनुभएको हो। अदालतबाट प्राप्त आदेश र संशोधित कैदीपुर्जीका आधारमा उहाँलाई रिहा गरिएको कारागार प्रशासनले ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play