Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

जटिल बन्यो डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था, बालेन सरकारले गरेन वार्ताको पहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
जटिल बन्यो डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था, बालेन सरकारले गरेन वार्ताको पहल
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १६ । चिकित्सा शिक्षा सुधारका लागि निरन्तर लागेका अभियन्ता प्राडा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । शरीरमा सुगर र अक्सिजनको मात्रा घट्नुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि केसीलाई थप उपचारका लागि इलामबाट सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइ त्रिबि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । इलाममा २५औँ आमरण अनशनमा रहनुभएका डाक्टर केसीलाई सोमबार बिहान काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको हो । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार केसीको स्वास्थ्य परीक्षण र उपचार सुरु गरिएको छ । रोस्याराका अनुसार केसीको शरीरमा सुगरको मात्रा घटेको छ भने श्वासप्रश्वासमा समस्या देखिएको छ । यस्तै पेट दुख्ने र पिसाबमा संक्रमणसमेत देखिएको छ । अनशनको पाँचौं दिनदेखि नै केसीको स्वास्थ्यमा समस्या आएको थियो । श्वासप्रश्वासमा कठिनाइ भएपछि आइतबार रातिदेखि नै उहाँलाई अक्सिजन दिएर उपचार सुरु गरिएको थियो । स्वास्थ्य अवस्था थप जोखिमपूर्ण बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकहरूले सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सिफारिस गरेका थिए । सोहीअनुसार सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । अवस्था जटिल बन्दै गएपछि नेपाल चिकित्सक संघले डा. केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको छ । अनशनका कारण उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै संघले माग सम्बोधनका लागि अविलम्ब वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले सोमवार संयुक्त विज्ञप्ति जारी गर्दै केसीको स्वास्थ्य अवस्था थप जटिल हुन नदिन आवश्यक उपचार र स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन माग गर्नुभएको हो । बिज्ञप्तिमा जनाइएअनुसार शरीरमा सुगर र अक्सिजनको मात्रा कम हुनुका साथै स्वास्थ्य परीक्षणमा समेत कठिनाइ देखिएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच तथा सुशासनका लागि लामो समयदेखि आवाज उठाउँदै आएका केसीको जीवनरक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने संघको भनाइ छ । डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनिसक्दा पनि बालेन्द्र शाह नेतृत्वको सरकारले औपचारिक वार्ता सुरुसमेत गरेको छैन । हिला डाक्टर केसीको साथ दिँदै आएका ब्यक्ति नै अहिले मन्त्री र सांसद भएपनि वास्ता नगरिएको हो । पछिल्लो पटक केसी ६ महिनामा दुई पटक अनशन बसिसक्नु भएको छ । बालेन सरकारले बेथितीलाई निरन्तरता दिएको मात्र नभएर झनै बढाएको भन्दै केसीले अनसन बस्नुपरेको बताउनु भएको छ । यस्ता छन डाक्टर केसीका माग डाक्टर केसीले सुदुरपश्चिम प्रदेशको गेटामा आवश्यक पूर्वाधारविना एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्नुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने लगायतका ६ बुँदे माग राख्नुभएको छ । यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि उहाँको माग छ । यसैगरी चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा देखिएका विकृति अन्त्य तथा गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने माग पनि रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्ट्रोकको जोखिममा रहेकी हेमकुमारीको केएमसीमा सफल उपचार
HealthJust now

स्ट्रोकको जोखिममा रहेकी हेमकुमारीको केएमसीमा सफल उपचार

काठमाडौं । मस्तिष्कघात (स्ट्रोक) भएपछि हात लुलो हुने, झमझमाउने र बोली लरबरिने समस्या देखिएकी रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापाको काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफल उपचार भएको छ। मस्तिष्कको मुख्य रक्तनलीमध्ये एउटा करिब ९० प्रतिशत साँघुरिएको अवस्थामा चिकित्सकले ठूलो चिरफार नगरी अत्याधुनिक प्रविधिबाट उपचार गरेका हुन्। दुई महिनाअघि मस्तिष्कघात भएपछि... ...

हेल्थवाणी
पूर्ण खोप लिन छुटेका बालबालिकाका लागि घरदैलो कार्यक्रम
HealthJust now

पूर्ण खोप लिन छुटेका बालबालिकाका लागि घरदैलो कार्यक्रम

धर्बेन्द्र झा जनकपुरधाम, कात्तिक १६ गते । मधेस प्रदेशको चार जिल्लाका १२ पालिकामा पुर्ण खोप लिन छुटेका बालबालिकाको पहिचानका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ । अमेरिकी सरकार र... ...

गोरखापत्र
सप्तरीको कल्याणपुर आधारभूत अस्पतालमा आकस्मिक सेवा  सञ्चालन
HealthJust now

सप्तरीको कल्याणपुर आधारभूत अस्पतालमा आकस्मिक सेवा सञ्चालन

धीरेन्द्रप्रसाद साहराजविराज, कात्तिक १६ गते । सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुर आधारभूत अस्पतालमा आकस्मिक (इमर्जेन्सी) सेवा सञ्चालनमा आएको छ । नगरवासीलाई स्थानीय स्तरमा आकस्मिक... ...

गोरखापत्र
भिटामिनदेखि आइरनसम्मको अवस्था परीक्षण गर्न देशव्यापी सर्वेक्षण हुँदै
Health27m ago

भिटामिनदेखि आइरनसम्मको अवस्था परीक्षण गर्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौं/ नेपालमा बालबालिका, किशोरकिशोरी तथा महिलालगायत विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था र शरीरमा आवश्यक सूक्ष्म पोषक तत्त्वको उपलब्धता मूल्याङ्कन गर्न ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सञ्चालन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा सञ्चालन हुने सर्वेक्षणले देशको वर्तमान पोषण... ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play