जग्गा कित्ताकाट खुलाउन मन्त्री रावलसँग व्यवसायीको माग, छिट्टै सहजीकरण गर्ने आश्वासन !

चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग भेट गरी जग्गा कित्ताकाट खुलाउन माग गरेका छन्। सौराहामा भएको द्विपक्षीय भेटघाटमा व्यवसायीले जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्दै भू–उपयोग नीति स्पष्ट बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्। नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको नेतृत्वमा भएको भेटमा वरिष्ठ उपाध्यक्ष हेमन्त केसी (हरि), उपाध्यक्ष जयराम खत्री, कार्यसमिति सदस्य शंकर सिटौला, आईपी थापालगायत व्यवसायी सहभागी थिए। भेटका क्रममा अध्यक्ष अधिकारीले जग्गा कारोबारबाट सरकारलाई उल्लेख्य राजस्व प्राप्त हुने भएकाले यस क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन आवश्यक रहेको बताए। उनले जग्गा कित्ताकाटमा देखिएका अवरोध हटाउन, भू–उपयोग नीतिलाई स्पष्ट बनाउन तथा लाभकर र राजस्वसम्बन्धी व्यवस्थामा व्यवसायीलाई सहज हुने गरी पुनरावलोकन गर्न सरकारसँग आग्रह गरे। जग्गा कारोबारमा देखिएका समस्याले व्यवसायी मात्र नभई सर्वसाधारणको जग्गा किनबेच तथा आवास निर्माणसमेत प्रभावित भएको व्यवसायीको भनाइ थियो। उनीहरूले नीतिगत स्पष्टता र सहज प्रक्रियाले घरजग्गा क्षेत्रको गतिविधि बढाउनुका साथै सरकारी राजस्वमा समेत सकारात्मक योगदान पुग्ने धारणा राखे। जवाफमा मन्त्री रावलले भू–उपयोग नीतिलाई स्पष्ट बनाउँदै जग्गा कारोबारमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताइन्। उनले जग्गा कित्ताकाट खुलाउने विषयमा छिट्टै आवश्यक सहजीकरण गर्ने आश्वासन दिएको व्यवसायीले बताएका छन्। जग्गा कित्ताकाटसम्बन्धी नीतिगत अन्योल हटेमा घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन र आवास निर्माणका गतिविधि सहज बनाउन सहयोग पुग्ने अपेक्षा व्यवसायीले गरेका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

चितवनलाई पहिलो झट्का, देव खनाल १२ रनमा आउट
नेपाल प्रिमियर लिगमा विराटनगर किङ्सविरुद्ध ब्याटिङ गरिरहेको चितवन राइनोजले पहिलो विकेट गुमाएको छ। आठौँ ओभरको अन्तिम बलमा चरित असलंकाको बलमा लोकेश बमले देव खनाललाई स्टम्पिङ गरे। खनालले १५ बलमा १२ रन जोडे। अर्का ओपनर डाविड मलानले ३४ बलमा बलमा ४३ रन बनाएका छन्। अहिले अर्जुन साउद क्रिजमा आएका छन्। ...

प्रस्तावित राजदूत थापाबारे संसदीय समितिले पठाएका दुई पत्रको जवाफ अझै आएन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सरकारले जापानको राजदूतका लागि प्रस्ताव गरेका जिज्ञान कुमार थापाका सन्दर्भमा स्पष्ट हुनका लागि पठाएका २ पत्रको जवाफ अहिलेसम्म पठाएको छैन । समितिका सभापति बोधनारायण श्रेष्ठले एउटा... ...

चक्रवात ‘अर्णव’को प्रभावले भारी वर्षाको सम्भावना, मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह
हेटौँडा । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको […] ...

उपत्यकामा प्रहरीको स्वीप अपरेसनः फरार रहेका १२ बाहेक ७५ जना पक्राउ, कस्तो हो उनीहरुको अपराध ?
• काठमाडौं उपत्यकामा नेपाल प्रहरीले विशेष 'स्वीप अपरेसन' सञ्चालन गर्दै ७५ जनालाई पक्राउ गरेको छ, जसमा ६० पुरुष र १४ महिला छन्। • अभियानको मुख्य उद्देश्य सार्वजनिकस्थलमा आपराधिक गतिविधि नियन्त्रण गर्नु, फरार कसुरदारको खोजी गर्नु र नागरिकलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्न सहयोग गर्नु हो। • प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तोकिएका आठ जना र फरार ...


