लमजुङ । जातीय विभेदका कारण प्रेम सम्बन्धमा आउने अवरोध र त्यसले प्रेमी-प्रेमिकाको जीवनमा पार्ने प्रभावलाई मुख्य विषय बनाइएको नेपाली कथानक चलचित्र ‘लुसु’को छायांकन लमजुङबाट आरम्भ गरिएको छ । निर्माता शेखर लामाका अनुसार साहित्यकार पदम विश्वकर्माको कथामा आधारित चलचित्रले जातीय विभेद, सामाजिक अवरोध र प्रेममा उत्पन्न हुने संघर्षलाई यथार्थपरक रूपमा प्रस्तुत गर्नेछ । चलचित्र निर्देशनका लागि निर्देशक नवराज श्रेष्ठ अमेरिकाबाट नेपाल आउनुभएको हो । सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा मञ्जिल कुमार, आश्विनी शाही, कमलमणि नेपाल, रविन्द्र खड्का, रेजिना उप्रेती, तलिसा गुरुङ र जुनु रिमाललगायत कलाकारको अभिनय रहनेछ । सामाजिक विषयवस्तुलाई मनोरञ्जनसँगै दर्शकमाझ पुर्याउने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्माता लामाले बताउनुभयो ।
छायांकनमा ‘लुसु’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






