Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वले हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोडेको छ : सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वले हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोडेको छ : सभामुख अर्याल
Photo / Coverage: अनलाइनपाना

वीरगञ्ज । सभामुख डोलप्रसाद (डीपी) अर्यालले छठपर्वको संस्कृतिलाई निरन्तर जोगाउदै यो संस्कृति सभ्यातालाई संसार भरि पुर्याउनु पर्ने धारण व्यक्त गरेका छन् । वीरगञ्जको घडिअर्वामा छठ पूजा गर्दै उनले यस्तो धारण व्यक्त गरेका हुन् । उनले छठ पर्व जस्ता पर्वले हिमाल, पहाड, तराईका संस्कृति सभ्याताले नेपाली समाजलाई भावनात्मकरुपमा जोडेको बताउँदै उनले भने, ‘धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई मजबुत बनाउनु पर्दछ ।’ उनले हिमाल, पहाड र तराईमा विद्यमान विभिन्न जातजाति, भाषा, धर्म तथा संस्कृतिले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको बताए । विशेषगरी छठ पर्वले आपसी विश्वास, सहिष्णुता र सामाजिक भावनालाई थप सुदृढ बनाएको उनको भनाइ छ । छठ पर्वका अवसरमा व्रतालुहरूले ३६ घण्टासम्म अन्न तथा जल ग्रहण नगरी कठोर व्रत बसेर सूर्यदेव र छठी माताको आराधना गर्ने परम्परालाई उनले नेपाली संस्कृतिप्रतिको गहिरो आस्था र समर्पणको उदाहरणका रूपमा लिएको बताए । यस्तो कठिन धार्मिक अनुष्ठानमार्फत आफ्नो मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्दै संरक्षण गर्ने समुदायको प्रयास प्रशंसनीय रहेको उनले उल्लेख गरे । उनले विशेषगरी मधेस प्रदेशका दाजुभाइ तथा दिदीबहिनीहरूलाई हृदयदेखि नै छठ पर्वको शुभकामना व्यक्त गर्दै यस पर्वले मधेसबाट सुरु हुने सांस्कृतिक सद्भावको सन्देश देशभर फैलाउनु पर्ने धारणा राखे । वीरगञ्जको घडिअर्वा पुगेका सभामुख अर्यालसँगै रास्वपाका पर्सा जिल्ला सभापति तथा प्रतिनिधि सभा सांसद हरि प्रसाद पन्त, पर्सा क्षेत्र नम्बर २ का सांसद शुसिल साहकानु लगायत बारा पर्साका सुरक्षा प्रमुखहरुको उपस्थीती रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल प्रिमियर लिग: पाेखराले काठमाडौंलाई हरायाे
Latest NewsJust now

नेपाल प्रिमियर लिग: पाेखराले काठमाडौंलाई हरायाे

• पोखरा एभेन्जर्सले एनपीएलको दोस्रो खेलमा काठमाडाैं गोर्खाजलाई हराउँदै २२५ रनको कीर्तिमानी लक्ष्य राखेको छ। • काठमाडाैंले १९.५ ओभरमा १६९ रन बनाउँदै खेल समाप्त गर्यो, जहाँ साहिल पटेलले ३४ र राशिद खानले ३१ रन बनाए। • पोखराले २० ओभरमा २२४ रन बनाएको थियो, जसमा कुशल भुर्तेलले ९९ र युवराज सामराले ८९ रनको योगदान दिए। ...

नेपालबहस
आगामी मंसिर १ गते राप्ती नदी दिवस मनाइँदै
Latest NewsJust now

आगामी मंसिर १ गते राप्ती नदी दिवस मनाइँदै

चितवन । राप्ती नदीको संरक्षण र स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मंसिर १ गते राप्ती नदी दिवस मनाइँदैछ । चितवन उपत्यकामार्फत पूर्वदेखि पश्चिमसम्म बग्ने राप्ती दिवसका अवसरमा मकवानपुरको भीमफेदीबाट चितवनको... ...

रातोपाटी
जोर्डनमा चर्चमाथि आक्रमण गर्ने तीन जनालाई मृत्युदण्ड
Latest NewsJust now

जोर्डनमा चर्चमाथि आक्रमण गर्ने तीन जनालाई मृत्युदण्ड

अम्मान । जोर्डनको एक अदालतले चर्चमा भएको घातक गोलीकाण्डमा संलग्न तीन जनालाई आइतबार मृत्युदण्डको सजाय सुनाएको छ । आक्रमणमा मारिएकाहरूप्रति शोक तथा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै देशभरका क्रिसमस उत्सवसमेत रद्द गरिएको... ...

रातोपाटी
तेस्रो वर्ष पनि नेपालको रेटिङ ‘बीबी माइनस’, किन सुध्रिएन ?
Latest NewsJust now

तेस्रो वर्ष पनि नेपालको रेटिङ ‘बीबी माइनस’, किन सुध्रिएन ?

भ्रष्टाचार र सुशासनविरुद्ध भदौ २०८२ मा भएको जेन–जी आन्दोलन, त्यसपछिको अन्तरिम सरकार र निर्वाचनमार्फत बहुमत प्राप्त रास्वपाको सरकार बनेपछि मुलुकमा सुधारको अपेक्षा गरिए पनि रेटिङको नतिजाले त्यस्तो देखाएन ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play