Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

चोरीका गाडी सेकेन्ड ह्यान्ड भन्दै बेचेपछि…

Share:WhatsAppFacebookX (Twitter)Telegram
चोरीका गाडी सेकेन्ड ह्यान्ड भन्दै बेचेपछि…
Photo / Coverage: केन्द्रबिन्दु

नवलपरासी । नवलपरासीमा चोरीका गाडी सेकेन्ड ह्यान्ड भन्दै बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ घर भई हाल बर्दघाट नगरपालिका–४ बस्दै आएका ३६ वर्षीय विजय हरिजन रहेका छन्। प्रहरीले उनलाई दुईवटा शंकास्पद गाडीसहित नियन्त्रणमा लिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हरिजनले पुराना गाडी चोरी गरी सेकेन्ड ह्यान्ड भन्दै बिक्री गर्ने गरेको खुलेको छ। उनले बर्दघाट नगरपालिका–९ भुताहाकी ४८ वर्षीया दुर्गी गुरुङलाई बा.१९.च ८१९५ नम्बरको सुजुकी स्विफ्ट डिजायर गाडी बिक्री गर्ने सहमति गरेका थिए। उक्त गाडीको मूल्य १२ लाख २० हजार रुपैयाँ तोकिएकोमा गुरुङले पटक–पटक गरी ६ लाख ५० हजार रुपैयाँ बुझाइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन थापाले जानकारी दिए। बाँकी रकम बुझाएर गाडी नामसारी गर्न खोज्दा पास गर्न नमिल्ने भन्दै हरिजनले बा.प्र.च ५१८१ नम्बरको रातो हुन्डाई गाडी र त्यसका कागजातसमेत उपलब्ध गराएको बताइएको छ। तर, सवारी दर्ता किताबमा उल्लेख भएको इन्जिन र च्यासिस नम्बर गाडीमा रहेको नम्बरभन्दा फरक भेटिएपछि गुरुङले चोरीको आशंका गर्दै इलाका प्रहरी कार्यालय बर्दघाटमा जानकारी गराएकी थिइन्। प्रहरीले हरिजनलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने महेश बस्नेतको दाबी
Latest NewsJust now

स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने महेश बस्नेतको दाबी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन्। सोमबार एक कार्यक्रममा बोल्दै उनले पार्टीले विभिन्न कोणबाट आन्तरिक सर्वेक्षण गरिरहेको र त्यसको प्रारम्भिक अनुमानअनुसार एमाले पहिलो दल बन्ने बताए। उनले आगामी स्थानीय निर्वाचनमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहने अनुमान गरिएको उल्लेख गरे। यसैगरी, बस्नेतले ...

केन्द्रबिन्दु
राष्ट्र ऋणमुक्तिको संकल्पसहित महालक्ष्मी साधना
Latest NewsJust now

राष्ट्र ऋणमुक्तिको संकल्पसहित महालक्ष्मी साधना

काठमाडौं।नेपाल महर्षि वैदिक फाउण्डेशनले राष्ट्र ऋण मुक्त गरी समृद्धिको संकल्पले तीन दिने महालक्ष्मी विशेष साधना गरिरहेको छ। ‘वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ’ भन्ने विचार प्रस्तुत गर्ने वैज्ञानिक सन्त महर्षि महेश योगी नेपाल आगमनको ५२औं वार्षिकोत्सवका अवसरमा सुरु भएको तीन दिने महारुद्राभिषेकअन्तर्गत महालक्ष्मी विशेष साधना पनि भइरहेको फाउण्डेशनका अध्यक्ष एवं पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए। वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको ...

नेपालन्युज
शिक्षामन्त्री पोखरेलले गरे टर्कीको ‘हरित विद्यालय’ मोडलको अवलोकन
Latest NewsJust now

शिक्षामन्त्री पोखरेलले गरे टर्कीको ‘हरित विद्यालय’ मोडलको अवलोकन

काठमाण्डु– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सम्मेलनको औपचारिक नीतिगत मञ्चसँगै आयोजक राष्ट्रको व्यावहारिक शैक्षिक अभ्यास र ‘हरित विद्यालय’ मोडलको स्थलगत अवलोकन गरेका छन् । एन्टाल्या बसाइका क्रममा टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई विशेष महत्व दिँदै स्थानीय शैक्षिक […] ...

काठमाण्डुपाटी
किसानको कथामा प्रतिबिम्बित नेपाली राजनीति
Latest NewsJust now

किसानको कथामा प्रतिबिम्बित नेपाली राजनीति

कुनै समयमा गाउँको खेत बूढो किसानका लागि जीवनभरको मेहनत, सङ्घर्ष र त्यागको प्रतीक थियो । यही खेतको आम्दानीबाट उसका छोराछोरी हुर्किए । परिवारको सामान्य जीविकोपार्जन भइरह्यो । ३०औँ वर्षको खेतीमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play