Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

राष्ट्र ऋणमुक्तिको संकल्पसहित महालक्ष्मी साधना

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्र ऋणमुक्तिको संकल्पसहित महालक्ष्मी साधना
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपाल महर्षि वैदिक फाउण्डेशनले राष्ट्र ऋण मुक्त गरी समृद्धिको संकल्पले तीन दिने महालक्ष्मी विशेष साधना गरिरहेको छ। ‘वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ’ भन्ने विचार प्रस्तुत गर्ने वैज्ञानिक सन्त महर्षि महेश योगी नेपाल आगमनको ५२औं वार्षिकोत्सवका अवसरमा सुरु भएको तीन दिने महारुद्राभिषेकअन्तर्गत महालक्ष्मी विशेष साधना पनि भइरहेको फाउण्डेशनका अध्यक्ष एवं पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए। वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न नेपाल राष्ट्र ऋण मुक्त भई समृद्ध हुनुपर्ने भएकाले यो महालक्ष्मी विशेष साधना पनि गरिएको उनले बताए। मङ्गलबारसम्म चल्ने महालक्ष्मी विशेष साधनामा श्री सूक्तको पाठ एवं जपलगायत साधनाका कर्म भइरहेको छ। हिमालको काखमा रहेको नेपाल भूमिबाट सुरु भएको वैदिक ज्ञान बाँड्ने क्रमको पुनः निरन्तता एवं यसको विश्वव्यापी नेतृत्व नेपालले गर्न सक्छ भनी उद्घोष गर्ने महर्षि महेश योगीका नाममा नेपालमा खुलेको फाउण्डेशनले महालक्ष्मी विशेष साधनाको नेतृत्व गरिरहेको छ। महालक्ष्मीको विशेष आरधनाका साथ जारी तीन दिने महारुद्राभिषेक यज्ञ वैदिक शास्त्रीय विधि र परम्पराअनुसार सञ्चालन भइरहेको छ। यसमा ५७ जना पण्डितले रुद्री पाठ, १३ जनाले चण्डी पाठ, १५ जनाले हवन, तीन जनाले नवग्रह पाठ र एक जनाले वेद पाठ गरिहरहेको यज्ञका कर्ता डिल्लीराम अधिकारीले जानकारी दिए। दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वतीग्राममा भइरहेको महारुद्राभिषेक विसं २०३१ कात्तिक ८ गतेदेखि २३ गतेसम्म नेपालमा आई महर्षि महेश योगीले वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ’ भनी उद्घोष गरेको ५२ वार्षिकोत्सवको सम्झनामा आयोजना गरिएको हो। त्यसबेला उनलाई नेपाल आमन्त्रण र स्वागत गर्ने अग्रपंक्तिमा योगी नरहरिनाथ, नाट्यसम्राट बालकृष्ण सम, संस्कृतिविद् एवं साहित्यकार पूर्णप्रसाद ब्राह्मण लगायतका व्यक्तित्व रहेको पनि फाउण्डेशनले जनाएको छ। महारुद्राभिषेकको दोस्रो दिन नेपाल संस्कृत विश्वविद्यालयका प्रा भवानीसाद खतिवडाले अध्यात्मसम्बन्धी विशेष प्रवचन गर्दै भावातीत ध्यानका माध्यमबाट मानिसले जीवनमा ऊर्जा, शक्ति र प्रेरणाको स्रोत प्राप्त गर्ने भएकाले यसको नियमित अभ्यास गर्नुपर्नेमा जोड दिएका थिए। महारुद्राभिषेक मंसिर १ गते मङ्गलबार विशेष कार्यक्रम आयोजना गरी समापन गरिने पनि फाउण्डेशनका अध्यक्ष बाँस्कोटाले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने महेश बस्नेतको दाबी
Latest NewsJust now

स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने महेश बस्नेतको दाबी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन्। सोमबार एक कार्यक्रममा बोल्दै उनले पार्टीले विभिन्न कोणबाट आन्तरिक सर्वेक्षण गरिरहेको र त्यसको प्रारम्भिक अनुमानअनुसार एमाले पहिलो दल बन्ने बताए। उनले आगामी स्थानीय निर्वाचनमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहने अनुमान गरिएको उल्लेख गरे। यसैगरी, बस्नेतले ...

केन्द्रबिन्दु
शिक्षामन्त्री पोखरेलले गरे टर्कीको ‘हरित विद्यालय’ मोडलको अवलोकन
Latest NewsJust now

शिक्षामन्त्री पोखरेलले गरे टर्कीको ‘हरित विद्यालय’ मोडलको अवलोकन

काठमाण्डु– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुगेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सम्मेलनको औपचारिक नीतिगत मञ्चसँगै आयोजक राष्ट्रको व्यावहारिक शैक्षिक अभ्यास र ‘हरित विद्यालय’ मोडलको स्थलगत अवलोकन गरेका छन् । एन्टाल्या बसाइका क्रममा टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई विशेष महत्व दिँदै स्थानीय शैक्षिक […] ...

काठमाण्डुपाटी
किसानको कथामा प्रतिबिम्बित नेपाली राजनीति
Latest NewsJust now

किसानको कथामा प्रतिबिम्बित नेपाली राजनीति

कुनै समयमा गाउँको खेत बूढो किसानका लागि जीवनभरको मेहनत, सङ्घर्ष र त्यागको प्रतीक थियो । यही खेतको आम्दानीबाट उसका छोराछोरी हुर्किए । परिवारको सामान्य जीविकोपार्जन भइरह्यो । ३०औँ वर्षको खेतीमा... ...

रातोपाटी
मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
Latest NewsJust now

मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

जनकपुरधाम, कात्तिक ३० गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश २–००४ प २०४६ नम्बरको म... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play