Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चुनावको तयारी, सरकारका गलत कामको प्रचार गर्न नेकपाको जागरण अभियान

चुनावको तयारी, सरकारका गलत कामको प्रचार गर्न नेकपाको जागरण अभियान

Share:WhatsAppFacebookX (Twitter)Telegram
चुनावको तयारी, सरकारका गलत कामको प्रचार गर्न नेकपाको जागरण अभियान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी चुनावको तयारी र सरकारको गलत कामको प्रचारमा केन्द्रित हुँदै दुईमहिने जागरण अभियान सन्चालन गर्ने भएको छ । गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको गरेको निर्णयअनुसार आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको हो । नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् केन्द्रीय कार्यालय सचिव गणेशमान पुन (रश्मी)ले अनलाइनखबरसँग भने, ‘आगामी चुनाव, पार्टी महाधिवेशन, संगठन सुदृढीकरण, जनजीविकाका सवाल, लोकतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा लगायतका विषयमा केन्द्रित भएर अभियान सञ्चालन हुनेछ ।’ नेकपाले गत असोज २५ गते जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा पनि ‘पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभाको निर्वाचन तथा सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्ध आन्दोलनको तयारीका रूपमा’ अभियान सञ्चालन गरिने उल्लेख छ । नेकपाको सूचना तथा सञ्चारप्रविधि विभागका उपप्रमुख सुरेन्द्र बस्नेतका अनुसार जागरण अभियान मूलत: पार्टीलाई जनतातिर फर्काउने अभियान हो । युवा नेता बस्नेतले भने, ‘यस अभियानमार्फत् संगठनात्मक सुदृढीकरण, स्थानीय र प्रदेशसभा निर्वाचनको तयारी, महाधिवेशनको तयारीका साथै विपद् प्रभावित क्षेत्रमा पुनर्स्थापनाका कार्यहरूमा पार्टी केन्द्रित हुनेछ ।’ यस अभियानमा केन्द्रदेखि स्थानीय समितिसम्मको सिङ्गो पार्टीपङ्क्ति परिचालित हुने उनले बताए । नेपाली कम्युनिस्ट पार्टीले अभियानको सुरुवात र क्रियाकलापबारे विस्तृतमा जानकारी दिन आज दिउँसो साढे दुई बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनसमेत आयोजना गरेको छ । कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल लगायतका नेताहरुले अभियानबारे जानकारी दिने नेता पुनले बताए । अभियानका क्रममा केन्द्रीय कार्य संयोजन समितिका सदस्यहरूलाई देशभरिका विभिन्न जिल्लाहरूको समन्वय गर्ने जिम्मेवारीसहित उनीहरु मतदाता रहेका प्रदेशहरुमा खटाइएको छ । उनीहरूले प्रदेशसँगको समन्वयमा सम्बन्धित प्रदेशभित्रका जिल्लाका पार्टी समितिहरूसँग नियमित सम्पर्क, मार्गदर्शन, अनुगमन तथा समन्वय कायम गरी राष्ट्रिय जागरण अभियान, संगठनात्मक सुदृढीकरण र पार्टीका अन्य कार्यक्रमहरूलाई अघि बढाउने जिम्मेवारी दिइएको नेत पुनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला
ताजा खबरJust now

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटर उचाइमा भेटिएको हो। ...

कान्तिपुर
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
ताजा खबरJust now

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने

पेरिस। गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा भड्किएपछि फ्रान्सले यस सप्ताहान्तमा हुन सक्ने प्रदर्शन र झडप नियन्त्रण गर्न देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। विद्यालयको वातावरण र शैक्षिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै माध्यमिक तहका विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन देशव्यापी बनेको थियो। आन्दोलनमा बढ्दो महँगी र जीवनयापनको लागतप्रति सर्वसाधारणको असन्तुष्टिसमेत जोडिएपछि परिस्थिति थप तनावपूर्ण बनेको हो। पेरिसमा आयोजित ...

नेपालन्युज
जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
ताजा खबरJust now

जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा लिन विश्व समुदायसमक्ष आग्रह गरेकी छन् । चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको अवस्था दर्शाएको उनको सचिवालयले जनाएको छ ...

केन्द्रबिन्दु
इरानले सम्झौता नगरे फेरि सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी
ताजा खबरJust now

इरानले सम्झौता नगरे फेरि सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता नगरे फेरि सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएका छन् । उनले यसअघि सञ्चालन गरिएको ‘एपिक फ्युरी’ अभियानजस्तै अर्को सैन्य अभियान चलाउन सकिने बताएका हुन् । शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा अर्को सैन्य अभियान सञ्चालन गर्ने दुई विकल्प रहेको बताए […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play