चुनावअघि नेतान्याहुलाई ट्रम्पको समर्थन

जेरुसेलम।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायलको संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समर्थन गरेका छन्। उनको समर्थनले कडा चुनावी प्रतिस्पर्धामा नेतान्याहुको पुनःनिर्वाचन प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा नेतान्याहुलाई बलियो, साहसी र प्रतिभाशाली नेता भन्दै उनको पुनःनिर्वाचन अभियानलाई पूर्ण समर्थन गर्ने घोषणा गरेका छन्। नेतान्याहुले पनि ट्रम्पलाई धन्यवाद दिँदै इरानको खतरा हटाउन आगामी दुई वर्षभित्र वा त्योभन्दा अगाडि नै मिलेर काम गर्ने बताए। इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा आक्रमण गर्दा ट्रम्पले नेतान्याहुलाई साथ दिएका थिए। तर, युद्धको विरोध र तेलको मूल्यवृद्धिबीच उनी अप्रिलमा युद्धविराम गर्न सहमत भएका थिए। इरानसँग कूटनीतिक सम्झौता सम्भव नभएको नेतान्याहुको भनाइ र ट्रम्पको वार्तामार्फत द्वन्द्व अन्त्य गर्ने प्रयासबीच मतभेद समेत देखिएको थियो। इरानी विदेशमन्त्री अब्बास अराघचीले नेतान्याहुले अमेरिकालाई अर्को युद्धमा धकेल्न खोजेको आरोप लगाएका छन्। सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलमा हुन लागेको पहिलो चुनावमा नेतान्याहुले त्यसको जिम्मेवारी लिनुपर्ने विपक्षीहरूको माग छ। उनका प्रमुख प्रतिस्पर्धी गदी आइसेनकोटले इजरायलको नेता छान्ने अधिकार त्यहाँका नागरिकमा मात्रै रहेको बताएका छन्। करिब ७० लाख मतदाता सहभागी हुने चुनावमा कुनै पनि पक्षले १२० सदस्यीय संसदमा सरकार गठनका लागि आवश्यक ६१ सिट जित्ने स्पष्ट संकेत नदेखिएको सर्वेक्षणहरूले जनाएका छन्। यसैबीच, कब्जा गरिएको वेस्ट ब्याङ्कमा इजरायली बासिन्दाको आक्रमणमा अमेरिकी फोटो पत्रकार घाइते भएपछि विदेशमन्त्री मार्को रुबियोले त्यहाँको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहु सन् २०२२ डिसेम्बरमा पुनः सत्तामा फर्किएका थिए। न्यायपालिकाको अधिकार सीमित गर्ने प्रयास र भ्रष्टाचारसम्बन्धी आरोपका कारण उनी विवादमा पर्दै आएका छन्। चुनावअघि ट्रम्पले नेतान्याहु बाहेक अरूलाई निर्वाचित नगर्न मतदातालाई आग्रह गर्दै उनका प्रतिस्पर्धी विजयी भए अमेरिकाले इजरायलका लागि आवश्यक काम आफै गर्नुपर्ने बताएका छन्। –रासस /एएफपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

राजदेवी मन्दिरमा करिब १५ हजारभन्दा बढी बोका बलि दिइयो
जनकपुरधाम । जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि दिएको छ । बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको... ...

भ्रष्टाचार आरोपमा बंगलादेशका पूर्व वायुसेना प्रमुख कतारमा पक्राउ
ढाका – बंगलादेशका पूर्व वायुसेना प्रमुख एयर भाइस मार्सल (सेवानिवृत्त) शेख अब्दुल हन्नान कतारमा पक्राउ परेका छन् । भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा रहेका उनलाई ३ दिनअघि कतारी प्रहरीले पक्राउ गरेको बंगलादेशको भ्रष्टाचारविरोधी आयोग (एसीसी) ले जनाएको छ । आयोगका सचिव सैदुर रहमान खानका अनुसार इन्टरपोलले इमेलमार्फत हन्नान पक्राउ परेको पुष्टि गरेको हो । आयोगले आईतबार […] ...

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु
सुडान । दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ । मृतकमध्ये घर फर्कनका लागि ट्रक चढ्ने प्रतीक्षामा रहेका यात्रुहरू धेरै रहेको एक चिकित्सक स्रोत र प्रत्यक्षदर्शीले... ...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा
लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाएका छन्। उनले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन्। खानले लुम्बिनीको विकास, संरक्षण र प्रवद्र्धनका लागि स्थानीय भावना बुझ्ने, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्... ...


