Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

चिनियाँ एआई कम्पनी मिनिम्याक्समा पठाइएको गोप्य डाटा अनधिकृत पक्षको पहुँचमा पुगेको अनुसन्धानकर्ताको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिनियाँ एआई कम्पनी मिनिम्याक्समा पठाइएको गोप्य डाटा अनधिकृत पक्षको पहुँचमा पुगेको अनुसन्धानकर्ताको दाबी
Photo / Coverage: टेक्नोलोजी खबर

चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी मिनिम्याक्समा प्रयोगकर्ताले पठाएको गोप्य डेटा अनधिकृत व्यक्तिहरूको पहुँचमा पुगेको साइबर सुरक्षा अनुसन्धानकर्ताले बताएका छन्। प्रयोगकर्ताले आफ्नो डेटा भण्डारण नगर्न वा नराख्न अनुरोध गरे पनि त्यस्तो घटना भएको अनुसन्धानकर्ताको दाबी छ। अमेरिकी साइबर सुरक्षा कम्पनी ड्रागोसका प्रमुख अनुसन्धान अधिकृत एचडी मुरले रोयटर्ससँग कुरा गर्दै मिनिम्याक्समा पठाइएका केही निजी वेब लिंक अनधिकृत पक्षले खोलेको बताएका छन्। मुरले नोभेम्बर १९ मा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा एआई सेवामा पठाइएका अनुरोधमा समावेश निजी वेब लिंक पछि अनधिकृत पक्षले पहुँच गरेको उल्लेख थियो। उक्त प्रतिवेदनमा कम्पनीको नाम भने खुलाइएको थिएन। मुरका अनुसार मिनिम्याक्समा पठाइएको एउटा गोप्य लिंक केही सातापछि चीनको बाइटडान्स कम्पनीले विकास गरेको कार्यस्थलमा प्रयोग हुने मेसेजिङ प्लेटफर्म फिसुको च्याट च्यानलमा देखिएको थियो। उक्त लिंक बेइजिङ र सांघाईका उपकरणबाट खोलिएको अनुसन्धानमा पाइएको छ। अनुसन्धानकर्ताले मिनिम्याक्समा पठाइएका लिंकसँग सम्बन्धित मस्को क्षेत्रबाट असामान्य इन्टरनेट गतिविधिसमेत देखेका थिए। तर ती लिंक रुसबाटै खोलिएको पुष्टि गर्ने पर्याप्त प्रमाण भने फेला परेको छैन। चिनियाँ एआई कम्पनी मिनिम्याक्सको डेटा अनधिकृत पक्षको पहुँचमा पुगेको र रुससँग सम्बन्धित इन्टरनेट गतिविधि देखिएको विषय पहिलोपटक सार्वजनिक भएको रोयटर्सले जनाएको छ। यसै वर्ष हङकङको सेयर बजारमा सूचीकृत भएको मिनिम्याक्सले विभिन्न प्रकारका डेटा प्रशोधन गर्न सक्ने मल्टिमोडल एआई मोडल र उपभोक्ताका लागि एआई एप्लिकेसन विकास गर्दै आएको छ। अमेरिकामा आधारित एआई सेवा प्रदायक एटलस क्लाउड पनि यस घटनाबाट प्रभावित भएको छ। उक्त कम्पनीले मिनिम्याक्सका एआई मोडल प्रयोग गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ। एटलस क्लाउडका प्रवक्ताका अनुसार ग्राहकको डेटा चीनमा प्रशोधन नहोस् भनेर कम्पनीले सिंगापुरस्थित मिनिम्याक्सको डेटा सेन्टर प्रयोग गर्ने निर्णय गरेको थियो। तर एटलस क्लाउडको प्लेटफर्मबाट पठाइएको सूचना मिनिम्याक्ससम्म पुगेपछि अनधिकृत पहुँचमा परेको हुन सक्ने आशंका गरिएको छ। रोयटर्सका अनुसार मिनिम्याक्सको घटनाले चिनियाँ एआई मोडल विश्वभर लोकप्रिय भइरहेका बेला प्रयोगकर्ताका गोप्य सफ्टवेयर विवरण, वित्तीय अभिलेख र ग्राहकसम्बन्धी सूचनाको सुरक्षामाथि प्रश्न उठाएको छ। कम मूल्य र बढ्दो क्षमताका कारण चिनियाँ एआई मोडलको प्रयोग विस्तार भइरहेको छ। अक्टोबरमा एआई प्लेटफर्म ओपनराउटरमा प्रशोधन गरिएको टेक्स्टको परिमाणका आधारमा सबैभन्दा बढी प्रयोग भएका तीनवटै मोडल चिनियाँ थिए। यसैबीच, अमेरिकाले आफ्ना कम्पनीलाई चिनियाँ एआई प्रयोगबारे जानकारी सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्ने विषयमा विचार गरिरहेको छ। मिनिम्याक्सले मंगलबार जारी गरेको विज्ञप्तिमा अन्य सेवा प्रदायकमार्फत आफ्ना एआई मोडलमा पठाइएका सन्देशमा समावेश वेब लिंक सुरक्षा प्रणालीले संकलन गरी भण्डारण गरेको जनाएको छ। सम्भावित सुरक्षा जोखिम जाँच गर्न प्रणालीले तीमध्ये केही लिंक स्वतः खोलेको कम्पनीको भनाइ छ। कम्पनीले प्रयोगकर्ताका सम्पूर्ण कुराकानी भने भण्डारण नगरेको र सुरक्षित राखिएका वेब ठेगाना हटाइसकेको जनाएको छ। उक्त गतिविधि रोकिएको र आफूले जाँच गरेका अनुरोधमा प्रयोगकर्ताका कुराकानी वा एआईका जवाफ तेस्रो पक्षलाई सार्वजनिक भएको कुनै प्रमाण नभेटिएको पनि कम्पनीले दाबी गरेको छ। एटलस क्लाउडले मंगलबार मिनिम्याक्सको स्पष्टीकरण आफ्नो अनुसन्धानसँग मेल खाएको जनाएको छ। प्रयोगकर्ताले पठाएका सन्देश एटलस क्लाउडको प्रणालीमा नभई मिनिम्याक्समा पठाइएपछि ती सन्देशमा समावेश लिंक खोलिएको उसको भनाइ छ। एटलस क्लाउडले मिनिम्याक्समा अनुरोध पठाउन बन्द गरेको छ। साथै, कम्पनीका एम३, एम२.७ र एम३.१ फ्ल्यास मोडल प्रयोग गरेका ग्राहकलाई ती मोडलमा पठाएका गोप्य विवरण बाहिरिएको हुन सक्ने मानेर सावधानी अपनाउन आग्रह गरेको छ। ओपनराउटरले पनि तीनवटा सेवा प्रदायकलाई आफ्नो प्लेटफर्मबाट हटाएको, डेटा गोपनीयतासम्बन्धी मापदण्ड कडा बनाएको र सम्भावित रूपमा प्रभावित सबै ग्राहकलाई जानकारी गराएको जनाएको छ। आफ्नो प्रणालीमा भने साइबर आक्रमण भएको कुनै प्रमाण नभेटिएको कम्पनीको भनाइ छ। The post चिनियाँ एआई कम्पनी मिनिम्याक्समा पठाइएको गोप्य डाटा अनधिकृत पक्षको पहुँचमा पुगेको अनुसन्धानकर्ताको दाबी appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा XSR 155 को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक | मूल्य र विशेषता
TechnologyJust now

नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा XSR 155 को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक | मूल्य र विशेषता

११ मंसिर, काठमाडौं। नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा XSR 155 को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० वर्षको अवसरमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा एमएडब्लु राइड्सले यामाहा XSR 155 को नयाँ खरानी-हरियो मेटालिक कलर भेरियन्ट सार्वजनिक गरेको छ। रु. ५,६४,९०० मूल्य तोकिएको यस रेट्रो-मोडर्न मोटरसाइकलमा VVA इन्जिन, Delta Box Frame, ६-स्पिड ट्रान्समिसन र Traction […] The post नेपाल–जापान फेस्टिभल ...

आइसिटी फ्रेम
अन्तरिक्षमा एआई डाटा सेन्टर राख्ने स्पेसएक्सको योजनालाई अमेरिकी नियामकको सशर्त अनुमति
TechnologyJust now

अन्तरिक्षमा एआई डाटा सेन्टर राख्ने स्पेसएक्सको योजनालाई अमेरिकी नियामकको सशर्त अनुमति

अमेरिकी सञ्चार नियामक निकाय फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) ले इलन मस्कको कम्पनी स्पेसएक्सलाई अन्तरिक्षमा एआई डाटा सेन्टर सञ्चालन गर्न १० लाखसम्म भूउपग्रह प्रक्षेपण गर्ने योजनामा सर्तसहित अनुमति दिएको छ। बुधबार दिइएको यो अनुमतिले अन्तरिक्षमै एआई डाटा सेन्टर स्थापना गर्ने स्पेसएक्सको योजनालाई अघि बढाउने बाटो खोलेको छ। तर अमेजन, भियास्याट र अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीले उक्त योजनाप्रति आपत्ति जनाएका थिए। उनीहरूले अन्तरिक्षमा फोहोर बढ्ने, ...

टेक्नोलोजी खबर
टाँडी, रत्ननगरमा Ather को १७औँ Experience Center उद्घाटन | रु. १ लाखसम्म Cashback अफर
TechnologyJust now

टाँडी, रत्ननगरमा Ather को १७औँ Experience Center उद्घाटन | रु. १ लाखसम्म Cashback अफर

११ मंसिर, काठमाडौं। टाँडी, रत्ननगरमा Ather को १७औँ Experience Center उद्घाटन, चितवनमा आफ्नो उपस्थिति थप विस्तार नेपालमा Ather Energy को आधिकारिक वितरक Vaidya Energy Pvt. Ltd. ले चितवनको रत्ननगर, टाँडीमा आफ्नो १७औँ Ather Experience Center उद्घाटन गरेको छ। Dynamic Energy Pvt. Ltd. द्वारा सञ्चालित यस केन्द्रमा Ather 450 र Ather Rizta को Test Ride लिनुका साथै […] The post टाँडी, रत्ननगरमा ...

आइसिटी फ्रेम
कार्तिक मसान्तसम्ममा १५ करोड भन्दा बढीको स्मार्टवाच आयात
TechnologyJust now

कार्तिक मसान्तसम्ममा १५ करोड भन्दा बढीको स्मार्टवाच आयात

चालु आर्थिक वर्ष २०८३/८४ को चौथो महिना कार्तिक मसान्तसम्म नेपालमा १५ करोड भन्दा बढीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्यांकमा यस्तो उल्लेख छ। यो अवधिमा १५ करोड ९७ लाख १९ हजार मूल्य बराबरको ३८ हजार १३५ थान स्मार्टवाच आयात भएको छ। कार्तिक मसान्तसम्म स्मार्टवाचका लागि यो रकम देशबाहिर जाँदा सरकारले ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement