Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीमा सार्वजनिक यातायात तर्फ ७८२ मानवीय र ४०९ सवारीमा क्षति

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा सार्वजनिक यातायात तर्फ ७८२ मानवीय र ४०९ सवारीमा क्षति
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भोटेकोशी नदीमा गएको विनाशकारी बाढीले सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति विवरण सार्वजनिक गरिएको छ । भोटेकोशी बाढीबाट प्रभावित यातायात क्षेत्रका, श्रमिक तथा पीडित परिवारको राहत, क्षतिपूर्ति, सामाजिक सुरक्षा र पुनर्स्थापनाका विषय समेटिएको क्षति मूल्यांकन प्रतिवेदन भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल समक्ष बिहिबार पेस गरेको छ । प्रतिवेदनमा समेटिएका सुझाव तत्काल कार्यान्वयन गर्न र यातायात श्रमिक व्यवसायी र नागरिकका समस्या र समाधानबारे समेत छलफल भयो । क्षति मूल्यांकन समितिको प्रतिवेदन अनुसार भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रतर्फ कुल ७ सय ८२ मानवीय क्षति भएको छ । जसमा चालक ५ सय ३२, सहचालक १ सय ११, यात्रु १ सय ६ र यातायात व्यवसायी ३३ जना छन् । तीमध्ये बेपत्ता ६ सय ७६, मृत्यु ३९, नखुलेको ६४ र घाइते ३ जना छन् । त्यसबाहेक १४ विदेशी पर्यटक बाढीमा बेपत्ता भएका छन् । तिनमा १३ जना अस्ट्रेलियन र एक अमेरिकी छन् । त्यसैगरी नमस्ते पासाङल्हामु यातायात प्रालिका चार वटा बसमा यात्रारत तर विस्तृत विवरण नखुलेका १ सय ३ विदेशी तीर्थयात्रु बाढीमा बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार सार्वजनिक यातायाततर्फ ४ सय ९ सवारीसाधनमा क्षति पुगेको छ । तीमध्ये कन्टेनर ३ सय ११, ट्रेलर १, ट्रिपर ९, ट्रक ३३, बस ३९, मिनी तथा माइक्रोबस ९, मोटरसाइकल १, पर्यटकीय चार पाङ्ग्रे ३ तथा सार्वजनिक जिप/भ्यान/सुमो ३ छन् । कुल ४ सय ९ सवारीमध्ये ३ सय ८४ वटाको अनुमानित क्षति रकम १ अर्ब ४० कराृड ७३ लाख ७७ हजार ८ सय ७५ रुपैयाँ बराबर रहेको प्रतिवेदनमा छ । बाँकी २५ सवारीको क्षति विवरण खुलेको छैन । यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा २६ भदौमा १३ सदस्यीय मूल्यांकन समिति गठन भएको थियो । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद भए पनि पुन: १५ दिन थपिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड
Latest NewsJust now

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

काठमाडौँ । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएको छ । नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु) को... ...

रातोपाटी
कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै, रविदेखि सोबितासम्म वीरेन्द्रनगर आउँदै
Latest NewsJust now

कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै, रविदेखि सोबितासम्म वीरेन्द्रनगर आउँदै

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णालीबाट प्रदेश स्तरीय प्रशिक्षण सुरु गर्ने भएको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछानेदेखि सोबिता गौतमसम्मका नेताहरू वीरेन्द्रनगर आउन लागेको पार्टीका कर्णाली प्रदेशका... ...

रातोपाटी
अशक्त हुनुको पीडा
Latest NewsJust now

अशक्त हुनुको पीडा

बझाङ समाचारदाताबझाङ, मङ्सिर ११ गते । केदारस्युँ गाउँपालिका–१, देउरा बजारनजिक सेती नदीको किनारमा रहेको एउटा सानो टिनको छाप्रोमा हरुदेवी दमार्इंको परिवारको निकै कष्टकर दैनिकी बितिरहे... ...

गोरखापत्र
बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]
Latest NewsJust now

बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]

बादलको सेतो घुम्टोमाथि बसेको दुल्लु बजार र वरिपरिका हरियाली डाँडाकाँडाले यहाँको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement