Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

साउदीको तेल प्रशोधन केन्द्रमा हुथी आक्रमण, एक नेपालीको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदीको तेल प्रशोधन केन्द्रमा हुथी आक्रमण, एक नेपालीको मृत्यु
Photo / Coverage: विश्वखबर

काठमाडौं– यमनका इरान समर्थित हुथी विद्रोहीले साउदी अरबका तेल प्रशोधन केन्द्र तथा रणनीतिक पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेका छन् । हुथी आक्रमण र साउदीको जवाफी हवाई कारबाहीपछि दुई पक्षबीच तनाव बढेको छ। साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार दक्षिणपश्चिमी जाजानस्थित तेल प्रशोधन केन्द्रमा भएको प्रक्षेप्यास्त्र आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् । आक्रमणपछि केन्द्रमा आगलागी हुँदा उत्पादन तथा सञ्चालन अस्थायी रूपमा रोकिएको थियो । यसअघि बुधबार हुथी विद्रोहीले साउदीको ठूलो तेल प्रशोधन केन्द्र रास तनुरालाई लक्षित गरी आक्रमण गरेका थिए । आक्रमणपछि केन्द्रबाट बाक्लो धुवाँ निस्किएको भूउपग्रह तस्बिरमा देखिएको सीएनएनले जनाएको छ । साउदी नेतृत्वको गठबन्धनले रास तनुरातर्फ आएका चार ड्रोन अवरोध गरी नष्ट गरेको दाबी गरेको छ । ड्रोनका अवशेष खसे पनि मानवीय क्षति नभएको गठबन्धनले जनाएको छ । दैनिक ५ लाख ५० हजार ब्यारेल कच्चा तेल प्रशोधन क्षमता रहेको रास तनुरा केन्द्रमा आक्रमणपछि तेल लोड गर्ने कार्यसमेत रोकिएको थियो । यसको सञ्चालन पुनः सुरु भए–नभएको भने स्पष्ट भएको छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड
Latest NewsJust now

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

काठमाडौँ । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएको छ । नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु) को... ...

रातोपाटी
कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै, रविदेखि सोबितासम्म वीरेन्द्रनगर आउँदै
Latest NewsJust now

कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै, रविदेखि सोबितासम्म वीरेन्द्रनगर आउँदै

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णालीबाट प्रदेश स्तरीय प्रशिक्षण सुरु गर्ने भएको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछानेदेखि सोबिता गौतमसम्मका नेताहरू वीरेन्द्रनगर आउन लागेको पार्टीका कर्णाली प्रदेशका... ...

रातोपाटी
अशक्त हुनुको पीडा
Latest NewsJust now

अशक्त हुनुको पीडा

बझाङ समाचारदाताबझाङ, मङ्सिर ११ गते । केदारस्युँ गाउँपालिका–१, देउरा बजारनजिक सेती नदीको किनारमा रहेको एउटा सानो टिनको छाप्रोमा हरुदेवी दमार्इंको परिवारको निकै कष्टकर दैनिकी बितिरहे... ...

गोरखापत्र
बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]
Latest NewsJust now

बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]

बादलको सेतो घुम्टोमाथि बसेको दुल्लु बजार र वरिपरिका हरियाली डाँडाकाँडाले यहाँको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement