चितवन राइनोजविरुद्ध विराटनगरको राम्रो ब्याटिङ

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजविरुद्ध १५८ रनको पछ्याउने क्रममा विराटनगर किङ्ग्सले राम्रो ब्याटिङ प्रस्तुत गरिरहेको छ। १० ओभरको खेल सकिँदा विराटनगरले २ विकेटको क्षतिमा ८० रन बनाएको छ। ओपनर लोकेश बमले मात्र १४ बलमा ४ चौका र १ छक्काको मद्दतले विस्फोटक २८ रन जोड्दै टोलीलाई आक्रामक सुरुवात दिलाएका थिए। अर्का ओपनर इम्रान शेखले पनि सम्हालिएर उत्कृष्ट ब्याटिङ गर्दै २९ बलमा ३ चौका र २ छक्कासहित ३५ रन बनाएर खेलिरहेका छन्। उनलाई बासिर अहमदले ९ रन बनाएर साथ दिइरहेका छन्। यसअघि चितवन राइनोजले डाभिड मलानको शानदार ७० रनको मद्दतमा २० ओभरमा १५७ रन बनाएको थियो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ
• हेटौँडामा ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। • पक्राउ पर्नेमा २५ वर्षीय बिर्जु कुमार राय र २६ वर्षीय मन्जय कुमार राय रहेका छन्। • उनीहरूलाई अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। ...

विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
काठमाडौँ, कात्तिक १० गते । नेपाल प्रिमियर लिग (एनपिएल) ३ मा चितवन राइनोजले मङगलबार विराटनगर किङ्सलाई आठ रनले हराएर विजयी सुरुआत गरेको छ ।कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्र... ...

केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन्। मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् । पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान जन्मिन थालेको उनको टिप्पणी छ । भारततिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा ...

नेता कार्यकर्तासँग गगन थापाले भने- चुनावी तिक्ततालाई अन्त्य गरौँ
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुनःसंवाद थाल्ने जानकारी दिए । उनले ११३औँ बिपी जयन्तीका अवसरमा विगतमा कांग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय अलग भएका परिवारसँग विशेष अभियान सञ्चालन गरी जोडिनुपर्ने धारणा राखेका हुन् । सभापति ...


