चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाइयो

चितवन । जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ । मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताहरुको नामावली हटाइएको हो । यसरी हटाइनेमा दोहोरो दर्ता भएका एक हजार ९४३ जनाको हटाइएको हो । आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो कायम भएको भेटिएका उनीहरुको नाम हटाईएको हो । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भदौ १२ गते सम्म मृत्यु दर्ता गरेका एक हजार ३८० जना र नागरिकता परित्याग गरेका ३९ जनाको समेत मतदाता नामावलीबाट नाम हटाइएको हो । मृत्यु भएकाहरुको सम्बन्धित वडा कार्यालय र मृतकका परिवारले कार्यालयमा दर्ता गरेको मृत्यु प्रमाणपत्रका आधारमा नाम हटाइएको हो । नागरिकता परित्याग गर्नेहरुको जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा हटाइएको उहाँले बताउनुभयो । गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचन जिल्लामा चार लाख ४२ हजार ८२ मतदाता रहेका थिए । फागुन २१ गतेको मतदानपछि १३ हजार १३४ जना मतदाता थपिएका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

तामाकोशी किनारका फाँटमा पहेँलपुर धानबाली, दसैँसँगै भित्र्याउने चटारो (फोटो)
रामेछाप । रामेछापको तामाकोशी नदी किनारका फाँटमा धानबाली पाकेर पहेँलपुर भएको छ । दसैँको समयमा धान पाकेपछि किसान बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन् । तामाकोशी नदी आसपासका खेतमा धानका बाला... ...

सलमानदेखि टाइगर श्राफसम्म, बलिउडका यी हस्तीमाथि भइसकेको छ घातक आक्रमण
काठमाण्डु – बलिउड अभिनेता टाइगर श्राफमाथि आइतबार साँझ मुम्बईको जुहु क्षेत्रमा गोली प्रहार भएको छ। फुटबल खेलेर घर फर्कँदै गर्दा उनी सवार कारमा मोटरसाइकलमा आएका तीन जनाले गोली चलाएका थिए । घटनामा ३६ वर्षीय श्राफ सकुशल रहेका छन् भने उनका ड्राइभर र एक अटोचालक घाइते छन् । प्रहरीले आक्रमणकारीको खोजीका लागि १२ टोली गठन गरेको […] ...

चोरीका गरगहनासहित वीरगञ्जबाट महिला पक्राउ
पर्सा । पर्सामा चोरीका गरगहनासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकी महिलाको साथबाट करिब चार लाख ११ हजार रुपैयाँ बराबरका सुन तथा चाँदीका गरगहना बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिक रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहना ती महिलाको साथबाट बरामद गरिएको हो। प्रहरीका अनुसार बरामद गरिएका गरगहनामा ...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ : मुख्यमन्त्री थापामगर
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले अमूल्य निधिहरूको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । ...


