चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले टावर जडान गरेको छ । टावर नहुँदा त्यस क्षेत्रमा फोन नलाग्ने, इन्टरनेट नचल्ने समस्या बर्षौदेखि झैल्दै आएका स्थानीयवासी टावर जडान भएपछि सेवा सहज भएको महसुस गरेका छन् । स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङ्गढीमा नेटवर्क सेवा सुचारु भएको हो । टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सो क्षेत्रमा टेलिकमको नेटवर्क कमजोर भएकाले टावर निर्माण गरिएको बताए । पर्यटकीय गन्तव्यका हिसाबले महत्त्वपूर्ण क्षेत्र भएकाले टेलिकमले प्राथमिकता दिएको उनको भनाइ छ । नेपाल टेलिकम भरतपुरका कर्मचारी सुरेश अधिकारीका अनुसार छिट्टै भरतपुरकै चौकीडाँडामा समेत अर्काे टावर जडान भैसकेको र छिट्टै सञ्चालनमा आउने बताए । त्यससँगै जिल्लाका विकट पहाडी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुग्ने उहाँले जानकारी दिए । The post चितवनको पहाडी क्षेत्र उपरदाङ्गढीमा टेलिकमको टावर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
चितवनको पहाडी क्षेत्र उपरदाङ्गढीमा टेलिकमको टावर

Read Complete Original Article
Published originally on कर्पोरट खबर






