चिकित्सा शिक्षा सुधारमा डा. गोविन्द केसीको योगदान महत्त्वपूर्ण : मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले चिकित्सा शिक्षा क्षेत्रमा नीतिगत तथा संस्थागत सुधार गर्न प्रा.डा. गोविन्द केसीले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको जनाएको छ। मन्त्रालयले डा. केसीसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयनबाट चिकित्सा शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गरेको हो। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, २०७५ सालमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी भएपछि चिकित्सा शिक्षा आयोग स्थापना, साझा प्रवेश परीक्षा सञ्चालन तथा निःशुल्क छात्रवृत्तिमा विद्यार्थी छनोट र व्यवस्थापनजस्ता महत्त्वपूर्ण काम भएका छन्। ऐनको प्रभावकारी कार्यान्वयनसँगै चिकित्सा शिक्षामा पहुँच विस्तार भएको मन्त्रालयको भनाइ छ। सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गेटामा रहेको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक वर्षदेखि विभिन्न विधामा पठनपाठन सुरु हुने मन्त्रालयले जनाएको छ। त्यस्तै, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको बुटवल र मधेस प्रदेशको बर्दिबासमा चिकित्सा शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका काम अघि बढिरहेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाहरूलाई दिइने सम्बन्धन प्रक्रियालाई पनि थप व्यवस्थित, पारदर्शी र मापदण्डमा आधारित बनाइएको जनाएको छ। गत साउन ११ गते डा. केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयन गर्न सम्बन्धित विषयमा कार्यदल गठन गरी काम अघि बढाइएको मन्त्रालयको भनाइ छ। चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरू चरणबद्ध रूपमा समाधान हुँदै गएको उल्लेख गर्दै मन्त्रालयले आगामी दिनमा समग्र शिक्षा क्षेत्रको सेवा प्रवाह सुधार र शैक्षिक सुशासन कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटर
कम्पनीका अनुसार नयाँ हिटरमा प्रभावकारी तताउने प्रविधि, सुरक्षा प्रणाली, टिकाउपन र प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधा समेटिएका छन्। ...

प्रहरी नेतृत्वबारेका भ्रामक हल्लाप्रति मुख्यालयको गम्भीर ध्यानाकर्षण
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १२ गते । प्रहरी नेतृत्वबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भ्रामक हल्लाप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको ज... ...

हसिना भागेको भिडिओ खिचेका वायुसेना अधिकारीको रहस्यमय मृत्यु
बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागेका बेला भिडिओ रेकर्ड गरेका तत्कालीन वायुसेना अधिकारी केएम तौसिफ सौरी मृत फेला परेका छन्। उनको शव बिहीबार ढाकाको तुराग नदीमा भेटिएको हो। २८ वर्षीय फ्लाइट लेफ्टिनेन्ट सौरी अक्टोबर २७ देखि बेपत्ता थिए। पीडित परिवारले हसिनाको भिडिओ सार्वजनिक गरेका कारण उनको हत्या गरिएको आरोप लग... ...

कर्णालीको दोस्रो जित, विराटनगर ४ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ४ विकेटको रोमाञ्चक जित रेकर्ड गरेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । यो जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ भने विराटनगरले लगातार दोस्रो ...


