Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

चार महिनामै ८ खर्ब रूपैयाँ बढीको वस्तु आयात

Share:WhatsAppFacebookX (Twitter)Telegram
चार महिनामै ८ खर्ब रूपैयाँ बढीको वस्तु आयात
Photo / Coverage: टक्सार

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रूपैयाँ बराबरको वस्तु आयात गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशत भन्दा बढिले बढेको हो । यस अवधिमा नेपालको निर्यात व्यापार पनि ४३.४८ प्रतिशतले वृद्धि भएको छ । चार महिनामा १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९३ अर्ब ४९ करोड रूपैयाँ रहेको थियो । आयात र निर्यात दुवैमा वृद्धि भएपनि व्यापार घाटा भने २९ दशमलव ६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रूपैयाँ रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेर ९ खर्ब ३७ अर्ब २४ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रूपैयाँ थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ । अघिल्लो वर्ष १३.३० प्रतिशत रहेको निर्यातको हिस्सा चालु आर्थिक वर्षमा १४.३१ प्रतिशत पुगेको छ । यसैगरी आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा सीमित भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जेनिफर ब्यारेटोले जितिन् मिस युनिभर्सको उपाधि
Latest NewsJust now

जेनिफर ब्यारेटोले जितिन् मिस युनिभर्सको उपाधि

मिस युनिभर्स २०२६ को उपाधि प्युर्टो रिकोकी जेनिफर बार्रेटोले जितेकी छन्। सान जुआनमा बुधबार आयोजित प्रतियोगिताको फाइनलमा उनलाई विजेता घोषणा गरिएको हो।  डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज पहिलो रनर-अप भइन् भने भेनेजुएलाकी क्लारा भेगास दोस्रो रनर-अप भइन्। ...

नेपालखबर
भिजा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई अवार्ड
Latest NewsJust now

भिजा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई अवार्ड

हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। व्यवसायको सुरुवातदेखि हाल सम्मकै उच्चतम अक्वायर रेकर्ड कायम गर्न सफल भएकोमा बैंकले विशेष रूपमा सम्मानसहित ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ र एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेसतर्फ प्रिन्सिपल क्लायन्ट गरी दुई विधामा अवार्ड पाएको हो।&... ...

नेपालखबर
ओमोडा जेइकूद्वारा एनपीएल सिजन-३ को प्रायोजन सहकार्य सम्पन्न, रिजन ढकालले जिते जेइकू जे५ प्रो
Latest NewsJust now

ओमोडा जेइकूद्वारा एनपीएल सिजन-३ को प्रायोजन सहकार्य सम्पन्न, रिजन ढकालले जिते जेइकू जे५ प्रो

काठमाडौं । ओमोडा जेइकूले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा गरेको प्रायोजन सहकार्य सम्पन्न गरेको छ । कम्पनीले प्रतियोगितामा ‘पावर्ड बाई’ प्रायोजक तथा ‘अफिसियल फोरह्वीलर पार्टनर’ का रूपमा सहकार्य गरेको थियो । अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा […] ...

लोकपथ
भटमासको तेल आयात र निर्यात दुवैमा पहिलो, यस्तो छ कात्तिकसम्मको व्यापार
Latest NewsJust now

भटमासको तेल आयात र निर्यात दुवैमा पहिलो, यस्तो छ कात्तिकसम्मको व्यापार

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालले ८ खर्ब ३ अर्ब १० करोडको वस्तु आयात गरेको छ । भन्सार विभागका अनुसार यस अवधिमा १ खर्ब ३४ अर्ब... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement