चाडपर्व लक्षित ‘प्रोएक्टिभ’ सुरक्षा रणनीति प्रभावकारी, ठूला दुर्घटना र अपराधमा कमी

चाडपर्व केन्द्रित सक्रिय प्रहरी परिचालन र आधुनिक प्रविधिको प्रयोगका कारण यस वर्षको बडादशैँ अवधिमा देशभरको शान्ति सुरक्षा सुदृढ रहेको नेपाल प्रहरीले जनाएको छ । सिन्धुलीको सुनकोशी नदीमा भएको यात्रुवाहक सुमो दुर्घटनाबाहेक ठूलो जनधनको क्षति हुने अन्य गम्भीर घटनाको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले दशैँलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले ‘प्रोएक्टिभ पोलिसिङ’ अर्थात् सम्भावित जोखिमको पूर्वानुमान गरी सक्रिय रूपमा सुरक्षा व्यवस्था मिलाउने रणनीति अपनाएको बताए । सुनकोशी नदीमा भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु, तीन जना बेपत्ता र चार जना घाइते भएको जानकारी दिँदै उनले उक्त घटनाबाहेक ठूलो क्षति हुने अन्य दुर्घटनाको विवरण प्राप्त नभएको बताए । उनका अनुसार चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत प्रविधिमैत्री प्रहरी परिचालन र निगरानीलाई प्राथमिकता दिइएको छ । प्रवक्ता काफ्लेले भने, ‘हालसम्म सुनकोशीमा एउटा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन जना बेपत्ता र चार जना घाइते भएको घटनाबाहेक ठूलो क्षति हुने अन्य दुर्घटनाको रिपोर्ट प्राप्त भएको छैन । नेपाल प्रहरीले यस वर्षको दशैँ सुरक्षा योजनाअन्तर्गत प्रविधिमैत्री र सक्रिय प्रहरी परिचालनमा जोड दिएको छ ।’ प्रहरीले चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सीसीटीभी, ड्रोन, तालिमप्राप्त कुकुर, सादा पोशाकका प्रहरी टोली र द्रुत कार्य टोली (क्युआरटी) परिचालन गरेको छ । राजमार्ग तथा भीडभाड हुने क्षेत्रमा निगरानी बढाउनुका साथै सम्भावित सडक अवरोध हटाउन नागढुङ्गा, गजुरी, मुग्लिङ र हेटौँडालगायत संवेदनशील स्थानमा आवश्यक उपकरण र प्राविधिक जनशक्तिसहित प्रहरी टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको काफ्लेले जानकारी दिए । यातायात व्यवसायीसँगको समन्वय र निगरानीका कारण सिट क्षमताभन्दा बढी यात्रु चढाउने तथा टिकटमा कालोबजारी गर्ने प्रवृत्तिमा यसपटक कमी आएको प्रहरीको भनाइ छ । त्यस्तै, समुदाय–प्रहरी साझेदारी र जनचेतनामूलक कार्यक्रममार्फत घर खाली गरेर यात्रामा निस्कने नागरिकलाई चोरी तथा लुटपाटबाट जोगाउने प्रयास गरिएको छ । यस्ता अभियानका कारण घरमा चोरी तथा लुटपाटका घटनामा समेत गिरावट आएको प्रहरीले जनाएको छ । चाडपर्वका बेला महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकको सुरक्षामा पनि विशेष ध्यान दिइएको काफ्लेले बताए । यात्राका क्रममा हुने ठगी, बढी भाडा असुली तथा अन्य गैरकानुनी गतिविधिबारे जानकारी दिन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । प्रहरीले यात्रामा निस्कनुअघि घरको सुरक्षा सुनिश्चित गर्न, बहुमूल्य गरगहना तथा नगद सुरक्षित स्थान वा बैंक लकरमा राख्न र आफू घरबाहिर रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न अनुरोध गरेको छ । घर खाली गरेर जाँदा छिमेकी तथा स्थानीय प्रहरीलाई जानकारी दिनसमेत आग्रह गरिएको छ । त्यस्तै, मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारी नचलाउन, दुईपाङ्ग्रे सवारी चलाउँदा हेल्मेटको फित्ता अनिवार्य रूपमा बाँध्न तथा ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न प्रहरीले सचेत गराएको छ । जुवा–तास, अवैध ओसारपसार, भन्सार छलीलगायत गैरकानुनी गतिविधिमा संलग्न नहुन र त्यस्ता गतिविधिबारे जानकारी भए प्रहरीको आपत्कालीन नम्बर १०० मा खबर गर्न पनि अनुरोध गरिएको छ । दशैँ, तिहार, छठलगायत चाडपर्वलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण बनाउन प्रहरीको सुरक्षा व्यवस्था थप सुदृढ पारिएको उल्लेख गर्दै काफ्लेले शान्ति सुरक्षा कायम गर्न आम नागरिकलाई प्रहरीसँग सहकार्य गर्न आग्रह गरे ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

टाइगरमाथि आक्रमणको योजना बनाएको दुई महिनापछि ऋतिकले खौरिए टाउको
बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गरेको घटनामा पक्राउ परेका आरोपी ऋतिकले आफ्नो पहिचान लुकाउन टाउको खौरिएको खुलासा भएको छ । आक्रमणको योजना बनेको करिब दुई महिनापछि ऋतिकले आफ्नो रूप परिवर्तन गरेका थिए । पहिले लामो कपाल पालेका ऋतिकले पछि पूरै टाउको खौरिएको बताइएको छ । यसो गर्दा आफू बसेको क्षेत्रका मानिसहरूले सजिलै चिन्न नसक्ने… ...

ट्रम्पको दाबी- पेरिस चाँडै मुस्लिम सहर बन्नेछ, म्याक्रोंको अध्यागमन नीतिलाई दिए दोष
३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरेका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इमानुएल म्याक्रोंको अध्यागमन नीतिलाई जिम्मेवार ठहराएका छन्। ट्रम्प लामो समयदेखि अध्यागमनमा कडाइ गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन्। ट्रम्पले करिब ८ वर्षअघि नै आफूले म्याक्रोंलाई अन्य देशबाट आउने मानिसहरूलाई ठूलो सङ्ख्यामा फ्रान्समा… ...

भारु २ करोडमा बनेको फिल्मले कसरी ३ सय करोड कमायो ?
करिब पाँच दशकअघि संसार छाडेका एक सन्त, उत्तराखण्डका पहाडमा बनेको एउटा आश्रम र ती सन्तको जीवनबाट प्रेरित एउटा फिल्म । फिल्मको सुरुवात ठूला हिन्दी फिल्मको जस्तो थिएन । तर, अहिले यो फिल्म चर्चाको केन्द्रमा छ । यसको मुख्य कारण हो, ‘हनुमान अंश’ नामक फिल्मले बक्स अफिसमा हासिल गरेको सफलता । प्रसिद्ध फिल्म समीक्षक तरण आदर्शका… ...

कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प
कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार मंगलबार बिहान कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प २३ किलोमिटर गहिराइमा गएको थियो। भूकम्पका कारण कुनै मानवीय क्षति वा ठूलो भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त नभएको एएनआइले जनाएको छ । एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट ...


