चाडपर्व लक्षित निकुञ्जको सुरक्षा योजना : तालिमप्राप्त कुकुरबाट समेत निगरानी

चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरुको चहलपहल बढी हुने हुँदा चोरी शिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो । अहिले संम्बेदनशिल क्षेत्रहरुमा ३५ ‘स्पाई क्यामेरा जडान गरेर सुरक्षा दिइएको उनले बताए । चोरी शिकारीका हिसावले जोखिम रहेका क्षेत्रहरुमा स्पाई क्यामेरासहित क्याम्पिङ् एण्ड एम्बुसिङ् लगायतका कामहरु गरिने उनको भनाइ छ । सूचना अधिकारी मगरका अनुसार बिगतमा हुने गरेका नियमित गस्ति सहित स्विपिङ्, पट्रोलीङ्, साईकल गस्ति, मोटरसाईकल गस्ति, बोट, गाडी र हात्तीबाट गस्ति गरिने छ । चार्डपर्वको समयमा निकुञ्ज आसपासमा बसोबास गर्ने स्थानीय पर्व मनाउन लाग्ने भएकाले चोरी शिकारीका बढी सम्बेदनशील मानिने गरिन्छ । सम्बेदनशील क्षेत्रहरुमा ‘लिङ्क पट्रोलीङ्’ लगायतका कामहरु भईरहेको छ । चुरे क्षेत्रमा समेत चोरी शिकारी हुन सक्ने भएकाले सो क्षेत्रलाई समेत मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाईएको छ । निकुञ्ज क्षेत्रभित्र ५७ स्थायी पोष्ट र ३ अस्थायी पोष्टहरुबाट सुरक्षा दिने काम भइरहेको छ । यसलाई अझै चुस्त वनाउँदै स्थानीय संगको साझेदारीमा निकुञ्ज सुरक्षा गरिने छ । शंकास्पद स्थानहरुमा तालिम प्राप्त कुकुर ९स्निफर डग० मार्फत निगरानी गरिने छ । आबश्यकता अनुसार अन्य सुरक्षा निकाय संग समेत समन्वय गरेर निकुन्ज क्षेत्रमा रहेका बस्तिहरुमा समेत तदारुपता वढाइएको सूचना अधिकारी मगरले जानकारी दिए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही असोज ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक रूपमा सुरु गर्दैछन् । यो सञ्जाल हिमालयका याक कृषक समुदायमा मात्र केन्द्रित पहिलो क्षेत्रीय मञ्च हो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०का अनुसार यसको स्थापना कृषक, सरकार र विकास साझेदारबीच करिब एकदशकदेखि जारी सहकार्यको परिणाम हो । जलवायु ...

भेरी-बबई डाइभर्सन आयोजना २ वर्षभित्र पूरा गर्ने नयाँ लक्ष्य
तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको निर्माण आर्थिक वर्ष २०६८/६९ देखि सुरु भएको थियो । हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशत छ । ...

ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल, अर्जुनको ठाउँमा देव खेल्दै
२ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ ।… ...

कात्तिक ८ देखि मेची–महाकाली श्रीमुक्तिनाथ रथयात्रा हुँदै
वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित यही कात्तिक ८ गतेदेखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा– २०८३ सञ्चालन हुने भएको छ । मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्सङ्कल्पअनुसार आयोजना हुँदै आएको यस रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामसहित आमनेपालीलाई एक सूत्रमा जोड्ने जनाइएको छ । ‘यस धार्मिक रथयात्राले नेपालको ...


