चाडपर्वमा माटाको चमक

जनकपुरधाम। दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैंटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन्। बिहान सखारैदेखि साँझ अबेरसम्म उनीहरु माटो र चक्रमै व्यस्त भेटिन्छन्। कसैका हात माटो मुछ्नमा जुटेका छन् भने कसैले चक्र घुमाउँदै माटाका डल्लालाई आकार दिइरहेका छन्। चाडपर्वको रौनकसँगै सो बस्तीका कुम्हाल समुदायका घरआँगनमा माटाका सामग्री बनाएको हेर्नेहरु पनि भेटिन थालेका छन्। वर्षभरि सुस्त रहने माटाका सामग्रीको कारोबार दीपावली र छठको समयमा केही बढ्ने आशाले अहिले उनीहरु उत्पादनमा केन्द्रित छन्। “कारोवार वर्षभरि सुस्त रहन्छ, चाडपर्वको समयमा मात्र बिक्री हुन्छ”, खजुरीका पृतम पण्डितले भने, “त्यसैले अहिले पाला बनाउन हामी व्यस्त छौं।” उनीहरूका लागि यो समय केवल चाडपर्वको तयारी मात्र होइन, वर्षभरि थन्किएको पेसाबाट केही आम्दानी गर्ने अवसर पनि हो। ‘‘यो हाम्रो पसिना र मेहनतसँग परिवारको जीविका तथा पुख्र्यौली पेसाको निरन्तरता पनि जोडिएको हो”, स्थानीय सुन्दर पण्डिलले भन्छन्, “हाम्रो लागि माटो केवल कच्चा पदार्थ होइन, पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सीप, संस्कृति र पहिचानको आधार हो।” “दसैं सकिएलगत्तै माटोका भाँडा बनाउने काममै लागेकै हुन्छु,” अयोधि पण्डितले भने, “अहिले माटोको भाँडा बेचेर राम्रै आम्दानी हुने भएकाले अरू काम थाती राखेर यसमा लागेका हौं।” दसैंदेखि छठसम्ममा माटोको भाँडा बेचेर खबै खर्च कटाउँदा एक लाखसम्म आम्दानी हुने उनले बताए। चाडपर्वमा माटाका सामग्रीको माग बढे पनि वर्षभरि यसै पेसाबाट परिवारको खर्च धान्न सहज नभएको कुमाल समुदायका अगुवा रामनारायण पण्डितले बताए। प्लास्टिक, स्टिल, आल्मुनियम र अन्य आधुनिक सामग्रीले बजारमा स्थान विस्तार गर्दै जाँदा परम्परागत माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएको छ। यसले गर्दा माटोसँग जीवन बिताएका कुमाल समुदायलाई आफ्नो पेसा जोगाउने र नयाँ पुस्तालाई यसप्रति आकर्षित गर्ने चुनौती थपिएको उनको कथन छ। “कुनै समय घरघरमा माटाका भाँडाकुँडा प्रयोग गर्ने चलन थियो, पानी राख्न घैंटो, खाना पकाउन हाँडी, पूजा गर्न कलश र दीपावलीमा घरआँगन उज्यालो बनाउन दियो अनिवार्य जस्तै मानिन्थ्यो,” रामनारायणले भने, “तर, अहिले ती स्थान क्रमशः आधुनिक सामग्रीले लिन थालेका छन्। चाडपर्वमा पनि माटाका सामग्रीको प्रयोग सीमित हुँदै जानुले परम्परागत पेसामा निर्भर परिवारको आम्दानी प्रभावित हुन थालेको छ।” बजारमा प्लास्टिकका सामग्रीको चमक बढ्दै गर्दा माटोसँग जोडिएको परम्परागत पेसाको उज्यालो निभ्न नदिन राज्य, स्थानीय सरकार र उपभोक्ता सबैको साथ आवश्यक देखिएको कुमाल समुदायको भनाइ छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
काठमाडौं । कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ? सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका ...

सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री
छोटो समयमै आम्दानी र उच्च बजार मूल्य देखिएपछि स्थानीय किसानहरू परम्परागत बाली छाडेर केशरको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्। ...

मर्मतमा ढिलाइले सल्यानका ग्रामीण सडकमा सास्ती
सडकमा पहिरो, खाल्डाखुल्डी र हिलो हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न तथा बिरामीलाई स्ट्रेचरमा बोक्न बाध्य छन्। ...

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्... ...


