चाडपर्वमा कामको बोझ महिलालाई धेरै पर्ने स्थितिमा 'परिवर्तन' कस्तो

Getty Images निजामती सेवाका उपसचिव दीपक लामिछानेले गाउँघरदेखि नै घरको काम गर्दै आएको र सहर आएपछि पनि उनले त्यसलाई निरन्तरता दिँदै आएको बताउँछन्।उनले देखेका साथीभाइ आफन्तमाझ भने त्यस्तो कुरा अपवादजस्तो देखिन्थ्यो।भात पकाउने मात्रै होइन पस्किने काम पनि महिलाको भन्ने जस्तो देखेका उनले पछिल्ला वर्षहरूमा त्यसमा केही हदसम्म परिवर्तन हुँदै आएको देखेका छन्।चाडबाडमा घर सरसफाइदेखि सजावट, मिठो पकवानलगायत भाडा माझ्ने, लुगा धुने काममा दीपक श्रीमती कोपिलालाई झन् सघाउने गर्छन्।"दुवै जना काम गर्छौँ र जसलाई जे अनुकूल हुन्छ हामी त्यही काम गर्छौँ। दशैँतिहारका लागि बजारबाट सामान किनेर ल्याउनेदेखि पकाउने, भाँडा माझ्ने, लुगा धुने वा घरमा लागेका जालो झिक्ने काम कसले के गर्ने भन्ने होइन जसले जे भ्याइन्छ उसले त्यही गर्ने गरेका छौँ," लामिछानेले भने।उनीहरूकी किशोरावस्थाकी एक छोरी बाबुआमा दुवै मिलेर काम गरेको हेर्दै हुर्किँदै छन्। चाडपर्वका बेला महिलामाथि हुने कामको बोझ यसरी घटाउन सकिन्छ'घरेलु काममा महिलाको सम्मान र मूल्याङ्कन दुवै हुनुपर्छ' गाउँमा हुर्किँदै गर्दा आफ्नो बुवाले आमासँगै काम गरेको देखेका कारण आफूलाई काम गर्न असहज नलागेको दीपक बताउँछन्।"पहिला यो काम महिलाले मात्रै गर्ने हो भन्ने जस्तो हुन्थ्यो भने पनि समयसँगै दुवै जनाले बाहिर काम गर्ने भएपछि यो महिलाले मात्रै गर्ने हो भनेर सुख पाइँदैन," उनले भने।"पहिला मेरै साथीहरूको पनि म घरको काम महिलाले गर्ने हो भन्ने गरेको देख्थेँ तर अहिले परिवर्तन देखेको छु। चाडबाडका बेला पनि र अरू बेला पनि मिलेर सामान किन्नेदेखि घरको काम गरेकोसम्म देख्छु।"उनी अझै परिवर्तन हुँदै जानुपर्ने बताउँछन्।अर्का एक पुरुषले आफूले विगतमा पटक्कै काम नगरे पनि केही वर्षयता गर्न थालेको बताए।"छोरीहरू हुर्किरहँदा मेरी आमाले मात्रै भान्साको काम गर्नुहुन्थ्यो भन्ने नदेखियोस् भन्नका लागि पनि म अहिले गर्न थालेको छु," उनले भने।"तर म हुर्किँदा छोरा मान्छेले घरमा खाना बनाउने, भाँडा माझ्ने काम गर्न हुँदैन भन्ने देख्दै आएको हुँ। अब बिस्तारै आफूलाई परिवर्तन गर्दै छु।"समाज परिवर्तन उन्मुख हो?महिला अधिकारका विषयमा कलम चलाउँदै आएकी अमृता लम्साल भने आफूले आफ्ना आफन्त र साथीभाइको घरमा अहिले पनि घरको अधिकांश कामकाज महिलाले नै गर्ने गरेको देखेको बताइन्।अहिले पनि भान्साको वा घरको काम सामान्यतः महिला पुरुषले बराबरी गरेको आफूले नदेखेको उनी बताउँछिन्।"विदेशमा बस्ने मेरा छोरी-ज्वाइँ, छोरा-बुहारीले घरको काम बाँडेर गर्छन्। विदेशमा त नगरी सुख पनि छैन," उनले भनिन्।"तर मैले नेपालमा भने मेरै आफन्त वा साथीहरूको घरमा पुरुषले घरको कामको जिम्मेवारी बाँडेर गर्ने कम देखेकी छु। एकदमै थोरैले मात्रै थोरै काम गर्छन्।" 'पुरुषमात्रै भएको मञ्च बहिष्कार' अभियानकामको बोझले यसरी थिचिएका छन् कर्णालीका महिला झन् चाडबाडका बेला त महिलामाथि पाहुनाका लागि समेत पकाउने, खुवाउने गर्नुपर्नाले बोझ थपिने गरेको आफूले देखेको लम्साल बताउँछिन्।यसमा अपेक्षित परिवर्तन आउन बालबालिकालाई हुर्काउँदा आमाबुवाले ध्यान दिनुपर्ने उनी ठान्छिन्।"अति आवश्यक आधारभूत ज्ञान त छोराछोरी दुवैलाई चाहिन्छ भनेर हामीले सिकाएका छैनौँ। उनीहरूलाई हुर्काउँदादेखि नै हामी चुकिरहेका छौँ। झन् आजकाल त छोरा न छोरी दुवैलाई सिकाएको देखिँदैन। जबकि दैनिक आफूलाई चाहिने सबै काम दुवैले गर्न सक्नुपर्छ," उनले भनिन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Read Complete Original Article
Published originally on बीबीसी नेपाली
Related News

आनी छोइङको नियुक्तिविरुद्ध नागरिक अभियान, छानबिन नसकिँदै पद दिएकोमा प्रश्न
काठमाडौं । ग्यालिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयमाथि राष्ट्रिय जेनजी–नागरिक अभियानले प्रश्न उठाएको छ । अभियानले उनीमाथि नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका विषय विचाराधीन रहेको दाबी गर्दै नियुक्ति तत्काल खारेज गर्न माग गरेको छ । प्रवक्ता अजय सोडारीद्वारा जारी विज्ञप्तिमा नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरण अनुसन्धानको अवस्था स्पष्ट नभएको भन्दै यस्तो अवस्थामा संवेदनशील निकायको नेतृत्व ...

भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
काठमाडौं । अभिनेता आमिर खानका भाञ्जा इमरान खानले भारत छाड्न दिइएको नोटिसविरुद्ध बम्बई उच्च अदालतमा निवेदन दिएका छन्। उनले उक्त नोटिस मनोमानी, गैरकानुनी र असंवैधानिक भएको दाबी गरेका छन् । भारतको विदेशी नागरिक दर्ता कार्यालयले इमरानलाई दोस्रो नोटिस पठाउँदै उनको भारतीय मूलका विदेशी नागरिक परिचयपत्र किन रद्द नगर्ने भन्दै १५ दिनभित्र जवाफ दिन भनेको छ । यसअघि उनलाई अक्टोबर २८ अघि ...

कालीमाटी बजारमा आज कुन तरकारीको मूल्य कति ?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेडा सानो (टनेल) प्रतिकिलो अधिकतम १२० रुपैयाँसम्म पुगेको छ... ...

पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव
रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन्... ...


