चाँदीजस्तो देखिने सेतो धातुसहित चार जनालाई पक्राउ

काठमाडौं । कारको फल्स बटममा लुकाएर ल्याएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, उनीहरूका १७ वर्षीय छोरा र चालककी भान्जी अन्दाजली २० वर्षीया नन्दनी कुमारी साह रहेका छन्। कारलाई जाँच गर्दा फल्स बटममा लुकाएको अवस्थामा चाँदीजस्तो देखिने धातु फेला परेपछि आइतबार दिउँसो उनीहरु पक्राउ परेका हुन्। दिउँसो सवा ३ बजे प्रहरी चौकी रातोमाटेबाट प्रहरी नायब निरीक्षक प्रमोद कुमार साहको कमाण्डमा खटिएको टोलीले कारमा जाँच गरेको थियो। उनीहरु भारतको रक्सोलबाट काठमाडौं आउँदै गरेको बा २ च ७०७९ नम्बरको कारमा सवार थिए। जाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाई चाँदीजस्तो देखिने धातु लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बरामदपछि उक्त धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको छ। बरामद धातुसहित कारमा सवार चारैजनालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा राखिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

रसुवा-भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति
काठमाडाैं । रसुवा-भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ । राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढीबाट चार जिल्लाका ६ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय तथा ...

इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु
इलाम । इलाममा आज बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनामा परेको हो । दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घटनाको ...

सर्बियाको चुनावमा विद्यार्थी नेतृत्वको आन्दोलनसँग पूर्वराष्ट्रपति भुचिचको हार
दुई वर्ष लामो विरोध प्रदर्शनपछि भएको निर्वाचनमा राजधानी बेलग्रेडसहित विभिन्न सहरमा समर्थकहरूले विजय उत्सव मनाएका छन्। ...

आनन्द कार्कीको पारिश्रमिक विवादमा दुर्गेशले के भने ?
काठमाडौँ । गायक दुर्गेश थापा र वरिष्ठ गायक आनन्द कार्कीबिच पारिश्रमिकको विषयलाई लिएर विवाद सतहमा आएको छ । दुर्गेशको गीत ‘दुश्मन हेरेको हेर्यैमा’ गाएबापत पारिश्रमिक नपाएको कार्कीले एक टेलिभिजन कार्यक्रममा... ...


