Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चक्रवात ‘अर्नब’ को सम्भावित असर, उच्च सतर्कतामा सरकार

चक्रवात ‘अर्नब’ को सम्भावित असर, उच्च सतर्कतामा सरकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
चक्रवात ‘अर्नब’ को सम्भावित असर, उच्च सतर्कतामा सरकार

काठमाडौं।चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको छ। भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र केही हावाहुरीको सम्भावना भने यथावत् रहेको छ। सम्भावित मौसमी जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले ठाउँ–ठाउँमा माइकिङमार्फत सचेतना फैलाइरहेका छन्। उता पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पदयात्रा तथा पर्वतारोहणमा निस्कनुअघि आधिकारिक मौसम पूर्वानुमान अध्यावधिक गरेर मात्र निर्णय लिन पर्यटक एवं पर्वतारोही टोलीहरूलाई आग्रह गरेका छन्। हवाई सुरक्षालाई उच्च प्राथमिकता दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई पूर्ण तयारी अवस्थामा राख्न कडा निर्देशन दिएको छ। यसैगरी विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले पनि आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी पूर्व तयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणमा आह्वान गरेका छन्। नागरिकलाई कुनै पनि प्रकारका भ्रामक अफवाहको पछि नलागी आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न र मौसम पूर्वानुमानका आधारमा आवश्यक सजगता अपनाउँदै सुरक्षित रहन सरकारले विशेष अपिल गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट हुँदा ८ जनाको मृत्यु, ४ घाइते
ताजा खबरJust now

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट हुँदा ८ जनाको मृत्यु, ४ घाइते

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। प्रहरीका अनुसार थारपारकर जिल्लाको नगरपारकर सहरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको हो। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कराची सारिएको छ। मृत्यु भएकाहरूको शव पहिचानका लागि स्... ...

नेपालखबर
समयमै सूचना प्रवाह र पूर्वतयारीका कार्य सुनिश्चित गर्नु आवश्यक छ : कार्यकारी प्रमुख उप्रेती
ताजा खबरJust now

समयमै सूचना प्रवाह र पूर्वतयारीका कार्य सुनिश्चित गर्नु आवश्यक छ : कार्यकारी प्रमुख उप्रेती

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले कुनै एक भागमा पहिचान गरिएको प्रकोपले अन्यत्र पनि जनधन र जीविकोपार्जनमा जोखिम उत्पन्न हुन सक्ने भएकाले समयमै... ...

रातोपाटी
अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा
ताजा खबरJust now

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयमा पुस्तकालय अनुदान बापतको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापनका समितिका पदाधिकारी, पूर्व प्रधानाध्यापक र तत्कालीन लेखा सहायकविरुद्ध आरोपपत्र दायर गरेको छ। आयोगले तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, पूर्व प्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धीरेन्द्रबहादुर सिंहविरुद्ध जनही १७ लाख ४१ हजार ४४६ रुपैंयाँ तथा विद्यालय व्यवस्थापन समितिका सदस्य ...

नेपालन्युज
रवि लामिछानेले किन भेटे सभामुख अर्याललाई
ताजा खबरJust now

रवि लामिछानेले किन भेटे सभामुख अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् । बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूबीच भेटवार्ता भएको हो । सभामुखको सचिवालयका अनुसार लामिछाने र अर्यालबीच करिब २० मिनेट कुराकानी भएको थियो। सचिवालयले उक्त भेटलाई अनौपचारिक भनेको छ । भेटमा के विषयमा छलफल भयो भन्नेबारे भने खुलाइएको छैन। यसअघि […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play