Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Others/चक्रवात ‘अर्नब’को प्रभाव : देशभर भारी वर्षा र हिमपातको सम्भावना

चक्रवात ‘अर्नब’को प्रभाव : देशभर भारी वर्षा र हिमपातको सम्भावना

10/30/2026, 7:55:13 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चक्रवात ‘अर्नब’को प्रभाव : देशभर भारी वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशको मौसममा उल्लेखनीय फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ भने कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो अधिकांश स्थानमा बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि वर्षा र हिमपातको आकलन गरिएको छ।

यसै क्रममा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना समेत रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका अधिकांश भूभागमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको क्रम जारी रहनेछ। केही स्थानमा भारी वर्षा र हिमपातको समेत अनुमान गरिएको छ।

महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने चेतावनी दिएको छ। विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपातको जोखिम रहेको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना औंल्याइएको छ।

मौसममा आएको यो अचानक फेरबदलका कारण पाकेको धानबाली भित्र्याउनेलगायतका कृषि कार्यहरू आज र भोलि पूर्ण रूपमा स्थगन गर्न महाशाखाले विशेष अनुरोध गरेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकहरूलाई मौसममा सुधार नआउँदासम्म उच्च हिमाली क्षेत्रतर्फ नजान र त्यहाँ पुगिसकेकाहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

वर्षासँगै चिसो हवाहरी चल्दा तापक्रम घट्न सक्ने, जोखिमयुक्त बस्ती र सडक किनारमा पहिरो खस्ने तथा यसले सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित पार्न सक्ने भएकाले सम्पूर्ण सर्वसाधारण र सम्बन्धित निकायलाई उच्च सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
OthersJust now

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी ...

पर्दाफास
देशभरका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध
OthersJust now

देशभरका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरस्थित पृथ्वीराज मार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिपी राजमार्गको काभ्रे खण्डमा पनि सडक अवरुद्ध भएको छ । आज बिहान ४:५५ बजेदेखि काभ्रेको रोशी गाउँपालिका-९ पिनथली र वडा नम्बर ८ ...

पर्दाफास
काभ्रेमा वर्षाको कारण एक घरमा क्षति
OthersJust now

काभ्रेमा वर्षाको कारण एक घरमा क्षति

१४ कात्तिक, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ खहरे खोलामा ग्राभेलसहितको लेदो माटो बग्दा एक घर पूर्ण रूपमा पुरिएको छ भने अन्य दुई घरमा लेदो माटोसहितको पानी पसेको छ। वर्षाका कारण स्थानीय शेरबहादुर तामाङको ढुङ्गा माटोले बनेको जस्ताको छाना भएको एकतले घर पूर्ण रूपमा पुरिएको छ। घरको जस्तापाता मात्र देखिने अवस्थामा रहेको प्रहरीले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play