चितवन।घोप्टेभिरको पहिरो सफा गरिएको छ। पहिरोका कारण सडक अवरुद्ध भइको थियो। पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो व्यबस्थापन गरी दिउँसो १ः३० बजेबाट यातायात सेवा सुचारु गरिएको हो। नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार १ः२५ बजेबाट पहिरो व्यवस्थापन गरिएको जानकारी दिए । मुग्लिन र धादिङ तर्फबाट ६ वडा, लोडर, एक्साभेटर, जेसीबी प्रयोग गरी पहिरो व्यवस्थापन गरिएको हो। उक्त स्थानमा आइतबार पनि सुख्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो। गए राति १ बजे पुनः खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएको हो। पहिरो खसेको ठाउँ मुग्लिनबाट तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ। सडक सञ्चालनमा आएसँगै लाइनमा रहेका सवारीहरु गन्तव्यतर्फ लागेका छन्।
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

Read Complete Original Article
Published originally on नेपालन्युज






