ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न निर्देशन

काठमाडौं।नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ। निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो। निगमका निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यसअघि पनि मिति २०८१ साउन ३० र २०८१ माघ १० गते सम्बन्धित संघलाई पत्राचार गरिएको स्मरण गराइएको छ। पत्रमा ग्यास उद्योगबाट नियुक्त बिक्रेताले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गरी बिक्री वितरणको व्यवस्था मिलाउन भनिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

‘अर्नब’ चक्रवात ‘अति शक्तिशाली’ हुने सम्भावना, सतर्कता अपनाउन प्राधिकरणको ८ बुँदे सुझाव
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘अर्नब’ चक्रवात अति शक्तिशाली हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागबाट आज जारी पोष्ट मनसुन सम्बन्धी विशेष बुलेटिनअनुसार बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएको र यो अति शक्तिशाली हुने सम्भावना छ। प्राधिकरणका अनुसा... ...

ठूलो पर्दामा एनपीएल हेर्न विराटनगरको पुरानो गुद्रीमा क्रिकेटप्रेमीको भीड (फोटो फिचर)
विराटनगर। विराटनगरको पुरानो गुद्रीस्थित खाली मैदानमा ठूलो पर्दामार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण हेर्न क्रिकेटप्रेमीको भीड लागेको छ। प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत सोमबारदेखि सुरु भएको खेल हेर्न सर्वसाधारण मैदानमा भेला भएका हुन्। उद्घाटन खेलमा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको प्रत्यक्ष प्रसारण ठूलो पर्दामा हेर्न पुगेका दर्शकले सामूहिक रूपमा खेलको आनन्द लिइरहेका छन्। क्रिकेटप्रेमीलाई सार्वजनिक ...

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
पाेखरा । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन्। पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उहाँले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र... ...

गुल्मीमा स्कार्पियो दुर्घटनाः ६ जनाको मृत्यु, ३ घाइते
गुल्मी– गुल्मीको कालीगण्डकी गाउँपालिका- २ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका- १ सिरकोट हुँदै राक्सेतर्फ जाने क्रममा बा ०२२० नम्बरको स्कार्पियो सोमबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा चालक स्याङ्जा वालिङ नगरपालिका- २ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका- १० का ६० वर्षीय ...


