Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

ग्यास अभाव हुन नदिन सरकारको पहल: आयात, भण्डारण र बजार वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्यास अभाव हुन नदिन सरकारको पहल: आयात, भण्डारण र बजार वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन
Photo / Coverage: टक्सार

काठमाडौँ। आम उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आयातदेखि बजार वितरणसम्मका सबै चरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ। नेपाल आयल निगम लिमिटेडको एलपी ग्यास तथा एभिएसन विभागले मिति २०८३ मंसिर ८ गते जारी गरेको पत्रमार्फत देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई विभिन्न निर्देशन दिएको हो। निगमले सबै एलपी ग्यास उद्योगहरूलाई बजारको मागअनुसार ग्यासको आयात अधिकतम रूपमा बढाउन, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी ग्यास मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेटहरू समयमै छुटाई आपूर्ति प्रणालीमा ल्याउन निर्देशन दिएको छ। त्यसैगरी, ग्यास विक्रेताहरू तथा बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरी उपभोक्तासम्म ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न पनि उद्योगहरूलाई निर्देशन दिइएको छ। यस पहलअन्तर्गत ग्यास आपूर्ति व्यवस्थाका तीनवटै महत्त्वपूर्ण पक्षलाई एकीकृत रूपमा परिचालन गरिनेछ। १. आयात वृद्धि: बजारको मागअनुसार एलपी ग्यासको आयात बढाउने र भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाउने। २. भण्डारण व्यवस्थापन: उद्योगहरूको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी पर्याप्त ग्यास मौज्दात राख्ने। ३. बजार वितरण सहजता: विक्रेतामार्फत सिलिन्डरहरू पूर्ण क्षमतामा भरी उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउने। सरकारको प्राथमिकता ग्यासको आपूर्ति शृङ्खलामा कुनै अवरोध आउन नदिई आम नागरिकलाई नियमित र सहज रूपमा ग्यास उपलब्ध गराउनु हो। आयात, भण्डारण र वितरणबीच प्रभावकारी समन्वय कायम भएमा बजारमा आपूर्ति व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। उपभोक्ताका लागि निर्देशन आम उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न, अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न तथा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमा संलग्न नहुन निर्देशन दिएकाे छ । सहज आपूर्ति, व्यवस्थित वितरण र उपभोक्ताको हित संरक्षण नै सरकारको प्राथमिकता हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘उत्पादनको करिब १ प्रतिशत मात्र किन्ने सरकार, बाँकी धान सस्तोमा बेच्न बाध्य किसान’
Latest NewsJust now

‘उत्पादनको करिब १ प्रतिशत मात्र किन्ने सरकार, बाँकी धान सस्तोमा बेच्न बाध्य किसान’

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीको कैलालीका ६ वटै खरिद केन्द्रमा धान बेच्न किसानले कुपन लिएर सातादेखि लाइनमै रात बिताइरहेका छन्। ...

कान्तिपुर
कोलम्बियामा सुपरमार्केटभित्र ३० जना बन्धक, उद्धारका लागि राष्ट्रपति नै घटनास्थलमा
Latest NewsJust now

कोलम्बियामा सुपरमार्केटभित्र ३० जना बन्धक, उद्धारका लागि राष्ट्रपति नै घटनास्थलमा

कोलम्बिया । कोलम्बियाको क्यारेबियन पर्यटकीय सहर कार्टाजेनास्थित एक सुपरमार्केटमा बन्दुकधारीले सर्वसाधारणलाई बन्धक बनाएपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ। घटनाको जानकारी पाएपछि राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएला मंगलबार घटनास्थल पुगेका छन्। सुरक्षा निकाय र बन्दुकधारीबीच घण्टौँदेखि जारी गतिरोधका क्रममा सुपरमार्केटभित्र करिब २० जनालाई बन्धक बनाइएको थियो। घटनास्थलमा प्रहरी र एएफपीका पत्रकारहरूले राष्ट्रपतिको सवारीसाधनको टोली पुगेको पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले सुरुमा एउटा ...

केन्द्रबिन्दु
पाकिस्तानी कलाकारको वेब सिरिज भारतमा प्रदर्शन रोक्न माग
Latest NewsJust now

पाकिस्तानी कलाकारको वेब सिरिज भारतमा प्रदर्शन रोक्न माग

मुम्बई । पाकिस्तानी कलाकारको भारतमा पुनरागमनलाई लिएर पुनः विवाद सुरु भएको छ । फवाद खान, माहिरा खान र हानिया आमिर अभिनित पाकिस्तानी वेब सिरिज ‘जो बचे हैं संग समेट लो’ को... ...

रातोपाटी
दसौं राष्ट्रिय खेलकुद :  महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी
Latest NewsJust now

दसौं राष्ट्रिय खेलकुद :  महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

बुधबार बिहानका खेलमा सुदूरपश्चिमले मधेशलाई एकतर्फी रूपमा हरायो भने पुलिस क्लबले कर्णालीविरुद्ध प्रभावशाली प्रदर्शन गर्‍यो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement