Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ। ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौैँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ । फ्रान्समा मासिक र वार्षिक रूपमा हुने यो अवार्डमा नेपाली चलचित्र ‘गौँथली’ ले सो अवार्ड जित्न सफल भएको हो । फ्रान्सको क्यान्समा आयोजना हुने यस फिल्म फेस्टिभललाई ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भन्ने गरिन्छ । अवार्ड प्राप्त गरेपछि ‘गौँथली’ का निर्देशक डा. कपिल रिजालले ‘गौँथली’ केवल एउटा चलचित्र मात्र नभएर यो भावना, सपना र नेपाली चलचित्रप्रतिको प्रेमसँग जोडिएको एउटा सुन्दर यात्रा भएको बताए । पच्चीस वर्षअघि आफ्ना बुबा डा.भोला रिजालले निर्माण गरेकाे गीति चलचित्र ‘गौँथली’ को भाव, माया र विरासतलाई आत्मसात् गर्दै आफूले नयाँ पुस्तासम्म नयाँ ढङ्गले पुर्‍याउने एउटा सानो प्रयास मात्र गरेको उनको भनाइ छ । चलचित्रका निर्माता सुमन गिरीले नेपाली फिल्मको गौरवमय इतिहास बनाएको बताउँदै यो नेपाली चलचित्र र नेपाली माटोको जित भएकाे बताएका छन्। प्रदर्शनको सय दिन मनाइसकेको यस सिनेमाले २६ करोड माथिको व्यापार गरी यो नेपाली सिनेमा उद्योगको सबैभन्दा धेरै कमाउने दोस्रो सिनेमा बनिसकेको दाबी गरिएको छ । ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा
ताजा खबरJust now

एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा

• नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले दोस्रो अर्धशतक बनाएका छन्। • ऐरीले पोखरा एभेन्जर्सको विरुद्ध ३६ बलमा ४ चाैका र २ छ्क्का सहित अर्धशतक पूरा गरे। • एनपीएलको पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा छ, जसले विराटनगर किङ्ग्सको विरुद्ध ४१ बलमा अर्धशतक हिर्काएका थिए। ...

नेपालबहस
क्यामरुनमा झडप हुँदा ४ सर्वसाधारणसहित ८ जनाको मृत्यु
ताजा खबरJust now

क्यामरुनमा झडप हुँदा ४ सर्वसाधारणसहित ८ जनाको मृत्यु

क्यामरुनको द्वन्द्वग्रस्त उत्तरपश्चिमी क्षेत्रमा सरकारी सेना र शङ्कास्पद पृथकतावादी लडाकुबिच भएको झडपमा चार सर्वसाधारण र चार लडाकुको मृत्यु भएको छ । सुरक्षा स्रोतका अनुसार, मङ्गलबार मेन्चुम डिभिजनअन्तर्गतको कोशिन गाउँमा उक्त... ...

रातोपाटी
भौतिक पूर्वाधार निर्माणका लागि चीनले दियो स्काभेटर
ताजा खबरJust now

भौतिक पूर्वाधार निर्माणका लागि चीनले दियो स्काभेटर

काठमाण्डु– चीन सरकारले अनुदानस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन दिएकाे छ । गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माणकार्यलाई तीव्रता दिने उद्देश्यले माग गरिएको उक्त मेसिन सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाले बुझेको हाे । तातोपानी नाकामा बुधवार आयोजित हस्तान्तरण कार्यक्रममा मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चोङ्बाङले चीन सरकारका प्रतिनिधिमण्डलसँग सम्झौतापत्रमा हस्ताक्षर गरी अनुदानमा प्राप्त स्काभेटर […] ...

काठमाण्डुपाटी
स्वयम्भू संरक्षणार्थ पाँच करोड ४० लाख स्वीकृत
ताजा खबरJust now

स्वयम्भू संरक्षणार्थ पाँच करोड ४० लाख स्वीकृत

• स्वयम्भूको संरक्षणका लागि रु पाँच करोड ४० लाखको बजेट स्वीकृत, जसमा ३९% पूर्वाधार विकास र ६१% प्रशासनिक खर्चका लागि छ। • स्वयम्भू महाचैत्य र सम्बन्धित संरचनाहरूको जीर्णोद्धार र मौलिक स्वरूप जोगाउने कार्यमा ध्यान केन्द्रित गरिएको छ। • स्वयम्भूमा आउने पर्यटक र धर्मावलम्बीलाई ऐतिहासिक जानकारी दिने, पूजा गर्ने, र धार्मिक जङ्गलको संरक्षणमा सक्रियता देखाइएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play