गोलबजारमा खैरो हेरोइनसहित दुई जना पक्राउ

गोलबजारमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ पक्राउ गरेको छ । लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा खटिएको प्रहरी टोलीले लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास, महोत्तरीसँगको संयुक्त सहकार्यमा खैरो हेरोइनजस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार २०८३ साल कात्तिक ८ गते साँझ करिब ५स्३० बजे गोलबजार नगरपालिका–४ स्थित निपनिया चोकको सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको एफजेडएस मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा लागू औषधजस्तो देखिने पदार्थ बरामद भएको हो। चेकजाँचका क्रममा सिरहाको सुखीपुर नगरपालिका–५ निवासी ३१ वर्षीय अजय कुमार यादवको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र एउटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद पदार्थ डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ५८ ग्राम ५२ मिलिग्राम र प्लास्टिक हटाउँदा ५३ ग्राम ३ मिलिग्राम रहेको बताइएको छ । त्यस्तै, मोटरसाइकलको पछाडि सवार सुखीपुर नगरपालिका–१० निवासी २५ वर्षीय अरविन्द कुमार यादवको साथबाट ‘एसी’ लेखिएको कालो रङको डिजिटल तराजु एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरू सवार रहेको एमए स्टेट01006pa 5139 नम्बरको खैरो रङको एफजेडएस मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर बरामद पदार्थ तथा अन्य सामग्रीसहित आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् । प्रधानमन्त्री शाह उद्घाटन समारोहमा सहभागी हुने भए पनि उनी कार्यक्रमस्थलमा पुग्ने समय भने निश्चित भइसकेको छैन । प्रधानमन्त्रीको सहभागिता र समयबारे अन्तिम टुंगो कार्यक्रमको समयमा लाग्ने उनले बताईन् । एनपीएलको ...

इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान करिब ६ः३० बजे बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक जाँचबुझ गरेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना ...

नेपाल–भारत सीमा सुरक्षाबारे काठमाडौंमा उच्चस्तरीय बैठक हुँदै
नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले बुधबारदेखि काठमाडौंमा उच्चस्तरीय बैठक बस्ने भएको छ। बैठकमा नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) का उच्च अधिकारी सहभागी हुनेछन्। बैठकमा भाग लिन एसएसबीका महानिर्देशक संजय सिंघलको नेतृत्वमा भारतीय टोली मंगलबार नेपाल आइपुग्ने कार्यक्रम छ। नेपालतर्फको टोलीको नेतृत्व सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले गर्नेछन्। बैठकमा नेपाल–भारत ...

अर्थमन्त्री वाग्लेलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको प्रश्न- कुन युगको कुरा गरेको ?
‘कुनै व्यक्ति या समूह विशेषले राख्ने दृष्टिकोण आफैमा कुनै युग होइन । त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन’ ज्ञवाली सामाजिक सञ्जालमा लेख्छन्, ‘अर्थमन्त्रीले कुन ‘युग’ को कुरा गर्नुभएको हो ?’ ...


