Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गोरखाबाट हनुमानढोकामा फूलपातीसहितको डोली पठाइयो

गोरखाबाट हनुमानढोकामा फूलपातीसहितको डोली पठाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोरखाबाट हनुमानढोकामा फूलपातीसहितको डोली पठाइयो

गोरखा । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौंस्थित हनुमानढोका दरबारमा पठाइएको छ। शुभसाइतअनुसार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको हो । गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको डोली सरकारी गाडीमार्फत काठमाडौं पठाइएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिनुभयो । गोरखाबाट पठाइएको फूलपाती शनिबार साँझ हनुमानढोकामा हर्षबढाइँसहित भित्र्याउने परम्परा छ । ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले काठमाडौंबाट राजकाज सुरु गरेपछि गोरखाबाट हरेक वर्ष फूलपाती पठाउने परम्परा चल्दै आएको हो । यस परम्पराले गोरखा दरबार र हनुमानढोका दरबारबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

एक लाख ८७ हजार मतदाता थपिए
ताजा खबरJust now

एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौंं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । ...

केन्द्रबिन्दु
ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
ताजा खबरJust now

ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु । शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार विपरीत दिशाबाट आएको ट्रकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । निजको सनाखत भएको छैन । अर्को मोटरसाइकलका चालक दाङको गढवा गाउँपालिका–२ बचैयाका ...

केन्द्रबिन्दु
छलफलका लागि किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइयो
ताजा खबरJust now

छलफलका लागि किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइयो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइएको छ । शनिबार बिहान ललितपुरस्थित श्रेष्ठको घरमा प्रहरी पुगेको थियो । उनलाई अहिले साइबर ब्यूरो ल्याएर छलफलको तयारी गरिएको साइबर ब्यूरो स्रोतले लोकपथलाई जानकारी दियो । ‘हो, उहाँलाई भर्खरै साइबर ब्यूरो ल्याइएको छ,’ स्रोतले लोकपथसँग भने । कमेडियन एवं रास्वपा नेपाल हिमेश […] ...

लोकपथ
दसैँको चहलपहल, गाडीमा यात्रुको चाप
ताजा खबरJust now

दसैँको चहलपहल, गाडीमा यात्रुको चाप

जनार्जन खत्रीसर्लाही, असोज ३१ गते । सर्लाहीमा दसैँको चहलपहल तीव्र रुपमा बढ्न थालेको छ । सडक, बजारमा मानिसको आउजाउ बाक्लिँदै गएको देखिन्छ । काठमाडौँ उपत्यकामा अध्ययन तथा रोजगारीका ल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play