Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

गोरखाको धार्चेमा खस्यो ठूलो सुख्खा पहिरो

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोरखाको धार्चेमा खस्यो ठूलो सुख्खा पहिरो
Photo / Coverage: पर्दाफास

गोरखाको धार्चे गाउँपालिका–१ ठाडोभ¥याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ । बुढीगण्डकी नदीपारि पर्ने क्षेत्रमा बिहान करिब साढे ८ बजे पहिरो खसेको हो । अधिकारीहरुका अनुसार ठाडोभ¥याङतर्फ ठूलो पहिरो खसेको छ भने यारुबगरको क्यान्टिलिभर पुल आसपास पनि पहिरो गएको छ । पहिरोले ठूलो क्षेत्र ओगटे पनि मानवीय तथा भौतिक क्षति भएको कुनै विवरण प्राप्त नभएको गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल न्यूज बैंकलाइ जानकारी दिए । ‘पहिरो गएको खबर आएको छ, तर अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन,’ उनले भने । यसअघि गत असोज २५ गते चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङमा ठूलो सुख्खा पहिरो खसेपछि बुढीगण्डकीमा विनाशकारी बाढी आएको थियो । त्यसपछि कात्तिक १७ गते चुमनुब्री–५ मा सेराङ गुम्बा जाने बाटोमा र कात्तिक २० गते चुमनुब्री–१ साम्दो क्षेत्रमा पनि ठूलो सुख्खा पहिरो खसेको थियो । साम्दोमा खसेको पहिरोले बुढीगण्डकीको सहायक खोला थुनिएको थियो । गोरखाको उत्तरी क्षेत्रमा पछिल्लो समय लगातार सुख्खा पहिरो खस्न थालेपछि नदी आसपासका बस्ती र पूर्वाधारमा जोखिम बढेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु सङ्कट र एल निनो : सन् २०२७ मा विश्वसँगै दक्षिण एशियामा पनि बढ्दै जोखिम
OthersJust now

जलवायु सङ्कट र एल निनो : सन् २०२७ मा विश्वसँगै दक्षिण एशियामा पनि बढ्दै जोखिम

जलवायु परिवर्तनका कारण विश्वको तापक्रम निरन्तर बढिरहेका बेला प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोले सन् २०२७ मा विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी घटनाको जोखिम थप बढाउने सङ्केत देखिएको छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) र अमेरिकी राष्ट्रिय समुन्द्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) का पछिल्ला पूर्वानुमानले एल निनो आगामी वर्षको सुरुसम्म शक्तिशाली अवस्थामा रहने सम्भावना देखाएका छन् । यसको प्रभावले विश्वव्यापी ...

पर्दाफास
छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो
OthersJust now

छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो

छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई–मधेसका बजारमा केराको किनबेच बढेको छ । छठ पर्वमा केरालाई महत्त्वपूर्ण प्रसादका रूपमा चढाउने परम्परा रहेकाले यतिबेला बजारमा केराको माग उच्च छ । पर्वको तयारी अन्तिम चरणमा पुग्दा व्यापारीहरू केरा विक्री गर्न व्यस्त छन् भने उपभोक्ताहरू पनि पूजाका सामग्री जुटाउन बजार धाउन थालेका छन् । यस वर्ष छठका लागि आवश्यक केरा भारतबाट आयात नभए पनि स्वदेशी उत्पादनले बजारको ...

पर्दाफास
राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट
OthersJust now

राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया ४-१० मंसिरसम्म सम्पन्न गरिने भएको छ । पार्टीको विधान तथा निर्देशिकाबमोजिम हिमाल, पहाड र तराईको प्रतिशतका आधारमा निर्धारित संख्या र आवश्यक प्रक्रिया पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रगत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गरिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी… ...

अनलाइन खबर
भिमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि
OthersJust now

भिमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि

मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १३ जनामध्ये १२ जनाको सामुहिक अन्त्येष्टिका गरिएको छ। उनीहरूको सुन्दरपुरस्थित लखनदेही खोलामा सामूहिक दाहसंस्कार गरिएको हो । मृतक १३ जनामध्ये सुन्दरपुरका १२ जनाको शव गाउँमा ल्याएर दाहसंस्कारगरिएको छ भने सुन्दरपुरकै एक जना बासिन्दा, जो हाल सदरमुकाम मलङ्गवाको वडा नम्बर ४ मा बसोबास गर्दै आएका थिए, उनको शव भने मलङ्गवा–४ मै लगिएको जनाइएको छ। ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play