Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह
Photo / Coverage: केन्द्रबिन्दु

भद्रपुर । झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ । बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गएिकाले प्रशासनले समयमा बाली भित्र्याउन आग्रह गरेको हो । शुक्रबार बिहान हात्तीको आक्रमणबाट बुद्धशान्तिमा एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहितको टोली हात्ती प्रवेशको मुख्य बिन्दु बाहुनडाँगी पुगेको थियो । भारतबाट जङ्गली हात्ती नेपाल प्रवेश गर्ने मुख्य नाका मेचीनगर नगरपालिका–४ बाहुनडाँगी पुग्दा किसानहरू पाकेर पहेँलपुर भएको धान काट्न र ढुवानी गर्न व्यस्त थिए । स्थानीय जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, डिभिजन वन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीको समन्वयमा किसानहरू बाली भित्र्याउन जुटेका थिए । स्थलगत अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले किसानको पाकेको बाली जोगाउनु अहिलेको प्राथमिकता भएको बताउनुभयो । “किसानले दुस्ख गरेर लगाएको बाली हात्तीबाट जोगाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउँछौँ । बाली भित्र्याउने समयसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्छौं”, उनले भने, “किसानले पनि पाकेको बाली सकेसम्म ढिला नगरी समयमै घर भित्र्याउनुहोला ।” स्थानीय किसानले कम्तीमा पाँच दिनसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न सके पाकेको धानबाली सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए । किसानको माग सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लाबाट थप सुरक्षा जनशक्ति परिचालन गरी स्थानीय समुदायसँगको समन्वयमा हात्तीको प्रवेश नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए । स्थलगत अवलोकनपछि मेचीनगर(४ का वडाध्यक्ष अर्जुन कार्कीको पहलमा किसान, सङ्घसंस्थाका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखबीच अन्तरक्रियासमेत भएको थियो । हात्ती नियन्त्रणका लागि खटिएको सुरक्षा टोलीलाई प्रमुख जिल्ला अधिकारी पोखरेलले टर्चलाइट र हाते माइक हस्तान्तरण गरेका थिए । ती सामग्री वडाध्यक्ष कार्कीको पहलमा उपलब्ध भएका हुन् । हाल उक्त क्षेत्रमा सशस्त्र प्रहरीका १० जना, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी तथा स्थानीय युवासहितको टोली परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार तत्काल थप जनशक्ति खटाइने जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्का र सशस्त्र प्रहरी बल नेपाल, नं २ गणका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताएका छन् । प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउने वातावरण बनाउने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यमनमा सर्वसाधारणको सुरक्षाप्रति राष्ट्रसङ्घको चासो, आक्रमण रोक्न सबै पक्षलाई आग्रह
Latest NewsJust now

यमनमा सर्वसाधारणको सुरक्षाप्रति राष्ट्रसङ्घको चासो, आक्रमण रोक्न सबै पक्षलाई आग्रह

काठमाडाैँ । संयुक्त राष्ट्रसंघले यमनमा सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चासो व्यक्त गर्दै द्वन्द्वमा संलग्न सबै पक्षलाई नागरिकको जीवन, सुरक्षा र मानवीय मर्यादाको सम्मान गर्न आग्रह गरेको... ...

रातोपाटी
सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्‍याउने तयारी
Latest NewsJust now

सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्‍याउने तयारी

टोकियो। जापान सरकारले आगामी पाँच वर्षमा रक्षा खर्च उल्लेख्य रूपमा बढाएर ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरेको छ । जापानी समाचार संस्था क्योदो न्युजका अनुसार आर्थिक वर्ष २०२७ देखि २०३१ सम्मको अवधिका लागि सरकारले उक्त रक्षा बजेट प्रस्ताव गर्ने योजना बनाएको हो । रिपोर्टअनुसार जापानले आफ्नो सैन्य क्षमता विस्तारका लागि ठूलो संख्यामा ड्रोन, गोलीगट्ठा तथा क्षेप्यास्त्र खरिदलाई ...

नेपालन्युज
खाडीका श्रमिकको तस्बिर उकेरिएको ‘खदामा’
Latest NewsJust now

खाडीका श्रमिकको तस्बिर उकेरिएको ‘खदामा’

६० को दशकको अन्त्यतिर पारिवारिक जिम्मेवारी पुरा गर्न महेन्द्र महकले खाँडी मुलुकको बाटो तय गरे । सपना त पढ्ने अनि राष्ट्र सेवक बन्ने थियो । तर पारिवारिक जिम्मेवारीले उनलाई लतार्दै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play