Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा तथा पदस्थापना, ८ जिल्लाका प्रजिअ फेरिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा तथा पदस्थापना, ८ जिल्लाका प्रजिअ फेरिए
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १२ । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका ९ जना कर्मचारीको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयको मंसिर ११ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो । मन्त्रालयको निर्णयसँगै ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समेत फेरिएका छन् । निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ । गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । त्यसैगरी, अध्यागमन विभाग, कालिकास्थानका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सहसचिवका रूपमा सरुवा गरिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकमा नियुक्त गरिएको छ । मन्त्रालय तथा मातहतका निकायमा कार्यरत अन्य पाँच सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ । जसअनुसार गीता कुमारी हुमागाईँलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ । रामेछापमा लामाे समयदेखि प्रमुख जिल्ला अधिकारीकाे पद रिक्त थियाे । जसले गर्दा नागरिकका कतिपय काम राेकिएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अस्पतालको हलमा रास्वपाको कार्यकर्ता भेला, सभामुख अर्याल प्रमुख अतिथि
PoliticsJust now

अस्पतालको हलमा रास्वपाको कार्यकर्ता भेला, सभामुख अर्याल प्रमुख अतिथि

काठमाडौं, मंसिर १२ । राज्यको महत्वपूर्ण निकाय प्रतिनिधिसभाको सभामुखजस्तो गरिमामय पदमा रहनुभएका डोलप्रसाद अर्याल शुक्रबार बुटवलस्थित लायन्स आँखा अस्पतालमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकर्ता भेलामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ । लायन्स आँखा अस्पतालमा अस्पताल प्रशासनको छुट्टै कार्यक्रम आयोजना गरिएको भए पनि सोही परिसरको अर्को ठूलो हलमा रास्वपाका नगर, प्रदेश तथा संघीय तहका नेता–कार्यकर्ताको भेला आयोजना गरिएको थियो ...

जनताटाइम्स
इनम प्रकरणमा विश्वप्रकाशको प्रश्न: गगन थापा लगायत विरुद्ध बयान दिए छोडिदिने,नत्र फसाइदिने भन्ने उजुरीको वास्तविकता के हो?
PoliticsJust now

इनम प्रकरणमा विश्वप्रकाशको प्रश्न: गगन थापा लगायत विरुद्ध बयान दिए छोडिदिने,नत्र फसाइदिने भन्ने उजुरीको वास्तविकता के हो?

काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको बयान र उहाँकी पत्नीले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजुरीलाई लिएर प्रधानमन्त्रीसमक्ष गम्भीर प्रश्न उठाउनुभएको छ । शर्माले सापकोटाकी पत्नीले आयोगमा दिएको उजुरीमा उल्लेखित ‘कांग्रेस सभापति गगन थापालगायत व्यक्तिविरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने’ भन्ने विषयको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गर्नुभएको छ । उहाँले सामाजिक ...

जनताटाइम्स
संसदमा महाभियोग : प्रस्ताव आउँछन् टुङ्गोमा पुग्दैनन्
PoliticsJust now

संसदमा महाभियोग : प्रस्ताव आउँछन् टुङ्गोमा पुग्दैनन्

काठमाडौँ, मङ्सिर १२ गते । बिचौलिया भनिएका इनम सापकोटासँगको ह्वाट्सएप सञ्चारको विवरण बाहिरिएसँगै सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउने न... ...

गोरखापत्र
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
Politics5h ago

रास्वपाले ६ प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

गोरखापत्र अनलाइनकाठमाडौँ, मङ्सिर ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीका प्रवक्ता जगदीश खरेलका अ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement