बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ६: ३० बजे पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्र्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय नवीन बोहरासहित पाँच जना घाइते भएका छन्। घाइते हुनेमा बाजुराको जगन्नाथ गाउँपालिका–३ का ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगिता शाही र ५२ वर्षीया रामशरा देवी सिंह रहेका छन् । घाइतेहरूलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । The post बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

Read Complete Original Article
Published originally on कर्पोरट खबर






