गृह मन्त्रालयद्वारा एन प्याब्सन निलम्बित,अर्को निर्णय नभएसम्म गतिविधि गर्न रोक

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई निलम्बन गर्ने निर्णय गरिएको जनाएको हो । मन्त्रालयका अनुसार एन-प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटक–पटक उल्लङ्घन गरेको पाइएको छ। त्यस्तै, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीत गतिविधि गरेको मन्त्रालयको ठहर छ । यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफलसमेत गरेको थियो। उक्त छलफलमा राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसारका कार्य गर्न आग्रह गरिएको भए पनि त्यसको पालना नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पटक–पटक दिइएका निर्देशनको अवज्ञा भएको भन्दै एन-प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । त्यसैगरी, मन्त्रालयले सूचना जारी भएपछि संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट गरिने गतिविधि गैरकानुनी हुने चेतावनी दिएको छ। त्यस्ता गतिविधिमा संलग्न हुने व्यक्ति वा समूहलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ । The post गृह मन्त्रालयद्वारा एन प्याब्सन निलम्बित,अर्को निर्णय नभएसम्म गतिविधि गर्न रोक appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

महानिर्देशक र आयोजना निर्देशक पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति
काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ति जनाएको छ। एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तारीको आधिकारिक कारण र कानुनी आधार सार्वजनिक नगरी गरिएको कारबाहीप्रति गम्भीर असहमति व्यक्त गरेको हो। विज्ञप्तिमा कानुनी शासन, विधिको प्रक्रिया तथा व्यक्तिको मौलिक हकको सम्मान गर्दै कसैलाई ...

प्रधानसेनापति सिग्देलको ठहर: विपद् व्यवस्थापनमा भद्दा ‘चेन अफ कमान्ड’ बाधक
लामो ‘चेन ऑफ कमाण्ड’ का कारण तत्काल उद्धार तथा समन्वयमा प्रभावहीन बनेको बताएका छन्। ...

भारतमाथि न्युजिल्याण्डको सानदार जित
काठमाडाैं । न्युजिल्याण्डले टी-२० शृङ्खलामा भारतलाई ८७ रनले पराजित गरेको छ। इडन पार्कमा भएको खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतविरुद्ध न्युजिल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५९ रनको विशाल योगफल तयार गरेको थियो। न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ४९ बलमा १०७ रनको शतकीय इनिङ खेले र म्यान अफ द म्याच घोषित भए। त्यसैगरी, माइकल ब्रेसवेलले ...

अर्णव चक्रवातको प्रभाव : काठमाडौं उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित
निरन्तरको वर्षाले सडक तथा बजार क्षेत्र जलमग्न हुँदा पैदलयात्रु, सवारीसाधन चालक तथा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ । ...


