Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गुल्मीमा ५५ प्रतिशतभन्दा बढी नागरिक स्वास्थ्य बिमाको दायरामा

गुल्मीमा ५५ प्रतिशतभन्दा बढी नागरिक स्वास्थ्य बिमाको दायरामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुल्मीमा ५५ प्रतिशतभन्दा बढी नागरिक स्वास्थ्य बिमाको दायरामा

गुल्मी। जिल्लामा ५५.९२ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले सुरु गरिएको यस कार्यक्रममा हालसम्म एक लाख ३७ हजार ८४५ जनाले बिमा गराएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले जनाएको छ। कार्यालयका संयोजक सुवास घिमिरेका अनुसार २०७६ साल माघ १९ गतेदेखि जिल्लामा यो कार्यक्रम सुरु गरिएको हो। २०७८ सालको जनगणनाअनुसार दुई लाख ४६ हजार ४९४ जनसङ्ख्या रहेको जिल्लामा ६६ हजार ९९० पुरुष र ७० हजार ८५५ महिला बिमाको दायरामा आएका छन्। बिमा कार्यक्रमको प्रभावकारिता बुझ्न थालेपछि नागरिकको आकर्षण बढ्दो छ। जिल्लाका १२ स्थानीय तहमध्ये रेसुङ्गा नगरपालिकामा सबैभन्दा बढी २६ हजार ४९६ जनाले बिमा गराएका छन्। त्यसैगरी, सत्यवती गाउँपालिकामा १६ हजार ६५३ र रुरुक्षेत्र गाउँपालिकामा १४ हजार ७३२ जना बिमित रहेका छन्। अन्य स्थानीय तहमा पनि बिमा गर्नेको सङ्ख्या उल्लेख्य छ। सरकारले ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति र जटिल खालका क्षयरोगीका लागि निःशुल्क बिमाको व्यवस्था गरेको छ। यसअनुसार १८ हजार ९३९ ज्येष्ठ नागरिक, ४८७ एचआइभी सङ्क्रमित र चार हजार १०४ अपाङ्गता भएका व्यक्तिले निःशुल्क सुविधा लिएका छन्। साधारणतर्फ एक लाख नौ हजार ६८१ जना बिमित छन्। जिल्लामा गुल्मी अस्पताल, जिल्ला आँखा उपचार केन्द्र तम्घास, धुर्कोट आधारभूत अस्पताल, गुल्मीदरबार आधारभूत अस्पताल, श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, रुरु प्राथमिक स्वास्थ्य केन्द्र र जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमार्फत बिमा सेवा प्रदान गरिँदै आएको छ। कार्यक्रम सञ्चालनका लागि जिल्लामा तीन दर्ता अधिकारी र ९४ दर्ता सहयोगी खटिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

डिक्रा बादीको देउडा यात्रा : समय फेरियो, भाका फेरिएन
ताजा खबरJust now

डिक्रा बादीको देउडा यात्रा : समय फेरियो, भाका फेरिएन

धनगढी । सानो छँदा गाउँमा ठाडी भाका र देउडा गाउँदा डिक्रा बादीका साथीहरू भन्थे, ‘तेरो स्वर त निकै राम्रो छ, रेडियो नेपालमा गएर गा।’ डिक्राले त्यतिबेला साथीहरूको त्यो भनाइलाई गम्भीरतापूर्वक लिइनन्। उनलाई... ...

रातोपाटी
मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट, नेपाली श्रमिकको सुरक्षाबारे छलफल
ताजा खबरJust now

मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट, नेपाली श्रमिकको सुरक्षाबारे छलफल

मौरिसस । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेम सँग छलफल गरेका छन् । मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको भेटमा नेपाली श्रमिकको हित संरक्षण तथा नेपाल–मौरिसस श्रम सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । भेटका ...

कर्पोरट खबर
देशभर २० विपद्का घटना, आठ जना घाइते
ताजा खबरJust now

देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ, कात्तिक ७ गते । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play