Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गुल्मीमा स्कार्पियो दुर्घटनाः ६ जनाको मृत्यु, ३ घाइते

गुल्मीमा स्कार्पियो दुर्घटनाः ६ जनाको मृत्यु, ३ घाइते

10/26/2026, 7:24:01 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
गुल्मीमा स्कार्पियो दुर्घटनाः ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी– गुल्मीको कालीगण्डकी गाउँपालिका- २ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका- १ सिरकोट हुँदै राक्सेतर्फ जाने क्रममा बा ०२२० नम्बरको स्कार्पियो सोमबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा चालक स्याङ्जा वालिङ नगरपालिका- २ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका- १० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका- १ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे, सोही स्थानकी सीता पाण्डे र कुलानन्द पाण्डे तथा वालिङ नगरपालिका- २ की नीता बगाले रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउनेहरुमा पाँच जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । नीता बगालेको उपचारका क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी कालीगण्डकी गाउँपालिका- १ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका- १० का बालकृष्ण सुवेदी घाइते भएका छन् । घाइतेमध्ये छविलालको अवस्था गम्भीर रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

पाल्पामा सवारी दुर्घटनाः एक जनाको मृत्यु, सात घाइते
ताजा खबरJust now

पाल्पामा सवारी दुर्घटनाः एक जनाको मृत्यु, सात घाइते

रेखीराम रानातानसेन, कात्तिक ९ गते । जिल्लाको दुई स्थानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन्। मृत्यु हुनेमा गुल्मी जिल्ला धुर्कोट ४ जैसीथोककि ३७ वर... ...

गोरखापत्र
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
ताजा खबरJust now

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

पाेखरा। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन्। पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उहाँले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे। “विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ”, उनले भने, “निजी क्षेत्रसँग मिलेर काम गर्न अहिलेको सरकारसँग हुटहुटी छ।” मुलुकको आर्थिक विकाससँगै ...

नेपालन्युज
दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु
ताजा खबरJust now

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु

काठमाडौँ। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार... ...

रातोपाटी
मुख्यमन्त्री थापा र मन्त्री मगरबिच कार्यसम्पादन सम्झौता
ताजा खबरJust now

मुख्यमन्त्री थापा र मन्त्री मगरबिच कार्यसम्पादन सम्झौता

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आलेमगरबिच साेमबार कार्यसम्पादन सम्झौता भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा समावेश... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play