निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल

पाेखरा। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन्। पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उहाँले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे। “विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ”, उनले भने, “निजी क्षेत्रसँग मिलेर काम गर्न अहिलेको सरकारसँग हुटहुटी छ।” मुलुकको आर्थिक विकाससँगै रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको भन्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उनले बताए। पर्यटनमा नेपालले अथाह सम्भावना बोकेको उल्लेख गर्दै सभामुख अर्यालले विश्व पर्यटन बजारमा नेपालको उपस्थितिलाई बलियो बनाउनुपर्ने बताए। पर्यटन विधेयक अगाडि बढेको जनाउँदै उनले कानुन निर्माण प्रक्रियामा पर्यटन व्यवसायीलगायत सरोकार भएका पक्षको चासो र सरोकारलाई समेटिने बताए। “कुनै पनि कानुन निर्माण हुँदा पर्यटनसँग सम्बन्धित विषयमा यहाँहरूले पनि चासो लिनुहोस्, आवश्यकताका आधारमा कानुनलाई परिमार्जन र संशोधन गर्न सकिन्छ”, सभामुख अर्यालले भने, “सरोकार भएका पक्षलाई जानकारी नदिई र छलफल नगरी कुनैपनि कानुन बन्नुहुँदैन।” सरकारले पोखरा, चितवन, बर्दियालगायत ठाउँको पर्यटन विकासलाई विशेष महत्त्वका साथ लिएको उनले बताए। सो अवसरमा पोखरा पर्यटन परिषद्का तर्फबाट दिगो पर्यटन विकाससँग सम्बन्धित १० बुँदे माग समेटिएको ध्यानाकर्षणपत्र सभामुख अर्याललाई बुझाइएको थियो। परिषद्का अध्यक्ष हरि भुजेलले हस्तान्तरण गर्नुभएको ध्यानाकर्षणपत्रमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हालै सुरु भएको दुबई–पोखरा–दुबई उडानलाई दिगो र प्रभावकारी बनाउनुका साथै पोखराबाट राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानका लागि पहल गरिदिन सभामुखसमक्ष अनुरोध गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जानेहरूका लागि श्रम स्वीकृति, भिसा प्रक्रियालगायत सेवा पोखराबाटै प्रदान गर्नुपर्ने, पोखराको लेकसाइडमा रहेका विभिन्न होटल तथा व्यावसायिक भवनको सम्पन्नता तथा अभिलेखीकरणमा लाग्ने करको दरमा सहुलियत दिनुपर्ने, पोखराको लेकसाइडमा रहेको रत्नमन्दिरलाई सङ्ग्रहालयको रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गर्नुपर्ने, फेवातालको जलाधार क्षेत्र संरक्षणलगायतका माग सम्बोधनका लागि पहल र सहजीकरण गरिदिन सभामुखसमक्ष अनुरोध गरिएको छ। ध्यानाकर्षणपत्र ग्रहणपछि सभामुख अर्यालले पर्यटन व्यवसायीहरूले उठाएका जायज मागको सम्बोधनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग छलफल गरी समस्या समाधानका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

यी हुन् आज दिनभरका प्रमुख २० समाचार
काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले विजयी शुरुवात गरेको छ । सोमबार सम्पन्न तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको ...

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना अवैध रूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट प्रहरीले बरामद गरेको छ । विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फ रहेको कार्गो कम्प्लेक्स भवनको... ...

अर्घाबाट उठेको सराय, पुस्तौंदेखि उस्तै उमंग
हरेक वर्ष दसैंको टीकापछि सुरु हुने सराय कोजाग्रत पूर्णिमामा भव्य रूपमा नाचेर बिदाइ गरिन्छ । ...

दलाई लामा भेटेलगत्तै थिम्पु र काठमाडौँ भ्रमण गरेर अमेरिकी टोलीले दिएको सन्देश
अमेरिकी कांग्रेसको एक प्रतिनिधिमण्डलले भारतको धर्मशालामा दलाई लामालाई कात्तिक ४ गते भेट्यो। लगत्तै त्यो टोली कात्तिक ५ मा प्रधानमन्त्री छिरिङ तोब्गेलाई भेट्न भुटान पुग्यो। र, भुटान एयरलाइन्सको चार्टर्ड उडान बी ३७७१० मार्फत कात्तिक ६ गते पारोबाट १६ सदस्यीय प्रतिनिधिमण्डल काठमाडौँ ओर्लियो। दक्षिण एसियाका हिमाली राज्यहरू नेपाल, भुटान र भारतको हिमाचल प्रदेशको भ्रमणमा निस्किए... ...


