Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

गुप्तचरका प्रमुख अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुप्तचरका प्रमुख अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत रामबाबुप्रसाद चौधरीका शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ । चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहरपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । चौधरीले ती प्रमाणपत्र बढुवा र पदस्थापन प्रयोजन निम्ति प्रयोग गरेको ठहर आयोगको छ । आयोगले बिहीबार विशेष अदालतमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार, चौधरीले बिहार इन्टरमिडियट एजुकेसन काउन्सिलबाट जारी भएका माक्र्स स्टेटमेन्ट, प्रोभिजिनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, कन्डक्ट सर्टिफिकेट समेत झुठा तथा नक्कली प्रमाणपत्र पेश गरेका थिए । तिनै सर्टिफिकेटका आधारमा अनुसन्धान विभागको उपसचिव सरहको प्रमुख अनुसन्धान अधिकृतसम्म बढुवा लिँदै प्रमुख अनुसन्धान अधिकृत भए । आयोगले नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकको ओहोदा, लाभ र सुविधा समेत प्राप्त गरेको पुष्टि भएकाले चौधरीविरुद्ध कैद तथा जरिबाना माग गरी भ्रष्टाचार मुद्दा लगाएको हो । The post गुप्तचरका प्रमुख अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एन्फामाथि लगाएको प्रतिबन्ध र निलम्बन फुकुवा
Latest NewsJust now

एन्फामाथि लगाएको प्रतिबन्ध र निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको सम्पूर्ण प्रतिबन्ध तथा निलम्बन फुकुवा गरेको छ।  राखेपका सदस्य-सचिव रामचरित्र मेहताले पत्र पठाउँदै एन्फामाथिको सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएका छन्। राखेपको कार्यकारी समितिले बिहीबार एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिक प्रतिबन्धसहित सबै प्रकारका निलम्बन हटाउने निर्णय ग... ...

नेपालखबर
पूर्वमूख्यसचिव एकनारायण अर्यालविरुद्ध किन भयो पक्राउ पुर्जी जारी ?
Latest NewsJust now

पूर्वमूख्यसचिव एकनारायण अर्यालविरुद्ध किन भयो पक्राउ पुर्जी जारी ?

काठमाडौं । मलेसिया रोजगारी ठगी प्रकरणको लहरो मुख्यमुख्यसचिव एकनारायण अर्यालसम्म सोझिएको छ । सो प्रकरणमा बुधबार दुई पूर्वमन्त्री, सचिवसहित ६ जना पक्राउ परिसकेका छन् । पूर्वमुख्यसचिव अर्यालविरुद्ध सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अर्याल […] ...

लोकपथ
मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग
Latest NewsJust now

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग

काठमाडौं । सांसदहरूले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विद्येयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाएर मर्यादित तथा समावेशी शब्दावली राख्न माग गरेका छन् । उनीहरूले शोषणको परिभाषामा बालबालिकामाथि हुने श्रम शोषण, बाध्यकारी श्रम तथा अन्य शोषणका स्वरूपसमेत स्पष्ट रूपमा समेट्न प्रस्ताव गरेका हुन् । महिला तथा सामाजिक मामिला समितिमा आज मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा ...

केन्द्रबिन्दु
राष्ट्रिय भेला समापनसँगै एमालेको चौथो केन्द्रीय कमिटी बैठक सुरु
Latest NewsJust now

राष्ट्रिय भेला समापनसँगै एमालेको चौथो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले) को दुई दिने राष्ट्रिय भेला समापन भएसँगै पार्टीको चौथो केन्द्रीय कमिटी बैठक बसेको छ । दुई दिने राष्ट्रिय भेला आयोजना भएकै स्थान काठमाडौँको कार्की ब्याङ्क्वेटमा चौथो केन्द्रीय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play