Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/गुगलले तपाईको फोन नम्बर एकाउन्टसँग जोड्दै, कसरी बन्द गर्ने यो विकल्प?

गुगलले तपाईको फोन नम्बर एकाउन्टसँग जोड्दै, कसरी बन्द गर्ने यो विकल्प?

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुगलले तपाईको फोन नम्बर एकाउन्टसँग जोड्दै, कसरी बन्द गर्ने यो विकल्प?

एन्ड्रोइड डिभाइसमा गुगलले फोन नम्बर प्रमाणीकरण गरी प्रयोगकर्ताका गुगल अकाउन्टसँग जोड्ने सुविधा उपलब्ध गराएको छ। तर यस सुविधाले प्रयोगकर्ताको गोपनीयतासम्बन्धी समस्या बढाउन सक्ने देखिएको छ। रिपोर्टअनुसार, सन् २०२५ सेप्टेम्बरदेखि यो सक्रिय गरिएको छ। यसले सिमकार्डमा रहेको फोन नम्बर प्रमाणीकरण गरी उक्त डिभाइसमा लगइन गरिएका गुगल अकाउन्टसँग जोड्न अनुमति दिन्छ। यसमा कार्यालयसम्बन्धी अकाउन्टसमेत समावेश हुन सक्छन्। गुगलका अनुसार, अकाउन्ट पुन प्राप्त गर्ने, प्रयोगकर्ताको पहिचान गर्ने तथा आरसीएस म्यासेज सेवा प्रयोग गर्नेलगायत विभिन्न सुविधा सहज बनाउन यो सुविधा ल्याइएको हो। एउटै फोन नम्बर विभिन्न अकाउन्टसँग जोडिने प्रक्रियाले आफ्नो व्यक्तिगत डेटामाथि बढी नियन्त्रण राख्न चाहने प्रयोगकर्ताका लागि समस्या सिर्जना गर्न सक्छ। फोन नम्बर प्रमाणीकरण गर्दा सामग्री सेयर गर्ने, भिडियो कल गर्ने तथा फोन नम्बरसँग सम्बन्धित सूचना प्राप्त गर्नेजस्ता गुगलका अन्य सुविधा पनि सक्रिय हुन सक्छन्। फोन नम्बर समय समयमा प्रमाणीकरण हुन सक्छ। त्यस्तै, सिमकार्ड परिवर्तन गर्दा नयाँ नम्बरसमेत उक्त डिभाइसमा लगइन गरिएका गुगल अकाउन्टसँग जोडिन सक्छ। कसरी बन्द गर्ने यो विकल्प? एन्ड्रोइड प्रयोगकर्ताले फोनको सेटिङमा गएर फोन नम्बर प्रमाणीकरण हुने सुविधा बन्द गर्न सक्छन्। त्यसका लागि निम्न प्रक्रिया अपनाउनुपर्छ। १. फोनको सेटिङ खोल्नुहोस्। २. गुगलमा गएर अल सर्भिसेज छान्नुहोस्। ३. प्राइभेसी एन्ड सेक्युरिटीमा जानुहोस्। ४. फोन नम्बर भेरिफिकेसन छान्नुहोस्। ५.भेरिफाइ फोन नम्बर्स अटोमेटिकली भन्ने विकल्प बन्द गर्नुहोस्। टेलिग्राफका अनुसार, यो सुविधा बन्द गर्दैमा गुगल अकाउन्टसँग पहिले नै जोडिएका फोन नम्बर हट्दैनन्। ती नम्बर हटाउन प्रयोगकर्ताले प्रत्येक गुगल अकाउन्टमा छुट्टाछुट्टै लगइन गर्नुपर्छ। त्यसपछि पर्सनल इन्फो भित्र रहेको सेक्सनको फोनमा गएर हटाउन चाहेको नम्बर डिलिट गर्न सकिन्छ। तर, यो सुविधा बन्द गर्दा आरसीएस म्यासेज सेवा तथा अकाउन्ट पुन प्राप्तिका लागि फोन नम्बर प्रयोग गर्ने क्षमतासहित केही सेवामा असर पर्न सक्छ। The post गुगलले तपाईको फोन नम्बर एकाउन्टसँग जोड्दै, कसरी बन्द गर्ने यो विकल्प? appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

भर्जिन मिडियाओटूले गिगाबिट नेटवर्कमा २ जीबीपीएस ब्रोडब्यान्ड सेवा विस्तार गर्न थाल्यो
प्रविधिJust now

भर्जिन मिडियाओटूले गिगाबिट नेटवर्कमा २ जीबीपीएस ब्रोडब्यान्ड सेवा विस्तार गर्न थाल्यो

भर्जिन मिडिया ओटू ले बेलायतका १८ स्थानमा आफ्नो गिग२ ब्रोडब्यान्ड सेवा विस्तार गरेको छ। यससँगै कम्पनीको हाइब्रिड फाइबर–कोएक्सियल (एचएफसी) नेटवर्कमार्फत पहिलो पटक २ जीबीपीएस डाउनलोड गति उपलब्ध भएको बताइएको छ। १८ स्थानमा नेटवर्क स्तरोन्नतिको काम पूरा भएको छ। कम्पनीले आगामी वर्ष आफ्नो नेटवर्कको अधिकांश क्षेत्रमा यो सेवा विस्तार गर्ने योजना बनाएको छ। यो स्तरोन्नतिसँगै भर्जिन मिडिया ओटूको डीओसीएसआईएस प्रविधिमा आधारित एचएफसी नेटवर्कबाट ...

टेक्नोलोजी खबर
दूरसञ्चार बजारमा हस्तक्षेप गर्ने अधिकार बढाउने बेलायत सरकारको चाहना
प्रविधिJust now

दूरसञ्चार बजारमा हस्तक्षेप गर्ने अधिकार बढाउने बेलायत सरकारको चाहना

बेलायतकी डिजिटल, संस्कृति, सञ्चारमाध्यम तथा खेलकुदमन्त्री लिसा न्यान्डीले दूरसञ्चार सेवाको निरन्तरता सुनिश्चित गर्न आफूलाई थप अधिकार दिने गरी कानुन परिवर्तन गर्न चाहेको बताएकी छन्। बेलायतकी डिजिटल, संस्कृति, सञ्चारमाध्यम तथा खेलकुदमन्त्री लिसा न्यान्डीले समस्यामा परेको इन्टरनेट सेवा प्रदायक कम्पनी टकटक लाई बीटीले अधिग्रहण गर्ने विषयमा प्रतिस्पर्धासम्बन्धी स्पष्ट चिन्ताभन्दा सार्वजनिक हितका अन्य पक्षलाई प्राथमिकता दिनुपर्ने संकेत गरेकी छन्। यस महिनाको सुरुवातमा घोषणा गरिएको उक्त ...

टेक्नोलोजी खबर
दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिमको सहज जित
प्रविधिJust now

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिमको सहज जित

१२ कात्तिक, काठमाडौं। एनपीएल: दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान दीपेन्द्रसिंह ऐरीको ५१ रन र इशान पाण्डेको ३७ रनको योगदानमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। पोखराले प्रस्तुत गरेको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। बलिङतर्फ अनिल खरेलले ३ विकेट लिएका […] The post दीपेन्द्रसिंह ऐरीको ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play